शनिबार, मंसिर १३ २०७७
काठमाडौं २०:१४
वासिङटन डिसी 09:29

ब्यारेटले न्यायको रूपमा निष्पक्ष दृष्टिकोण राख्ने प्रतिज्ञा

इनेप्लिज २०७७ असोज २७ गते २:०२ मा प्रकाशित

अमेरिकी सिनेटमा सर्वोच्च अदालतको लागि राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा मनोनित न्यायाधिश एमी कोनी ब्यारेटको अनुमोदनको लागि सुनुवाई सुरु भएको छ । ब्यारेटले न्यायको रूपमा निष्पक्ष दृष्टिकोण राख्ने प्रतिज्ञा गरिन ।

ब्यारेटले सोमबार अक्टोबर १२ का दिन आफ्नो धारणा प्रस्तुत गरिन । उनि सिनेटमा उनको श्रीमान र उनका सात बच्चाहरु सुनुवाई कोठामा सार्वजनिक पछाडि बसेका थिए ।

रिपब्लिकनहरु नोभेम्बर ३ मा हुने निर्वाचन अगाडी नै यसको टुंगो लगाउन चाहन्छन । तर डेमोक्र्याट्सहरु विपक्षमा उभिएका छन र निर्वाचन पश्च्यात होस् भन्ने चाहना राख्दछन । उनि सिनेटमा मुखावरण सहित आएकी थिइन् भने उनले तैयार गरि लेखिएको कुरा पढिन र सुनाइन ।

“अदालतहरू हाम्रो सार्वजनिक जीवनमा सबै समस्या वा सबै गलत समाधान गर्न डिजाइन(ढांचा)मा गरिएको छैन,” ४८ वर्षीय संघीय अपील अदालतकी न्यायाधीशले उक्त कुरा घोषणा भनिन ।

अमेरिकीहरू “स्वतन्त्र सर्वोच्च अदालतको योग्य छन जुन हाम्रो संविधान र कानूनको लिखित प्रति व्याख्या गर्दछ,” ब्यारेटले उनको न्यायिक दर्शन बताउँदै सेनेट न्यायिक समितिलाई बताइन् ।

ब्यारेटले अक्टोबर १३ मंगलबारका दिन प्रश्नहरूको सामना गर्नुपर्नेछ।

श्रोत :एपी

प्रतिक्रिया