आइतबार, कार्तिक ९ २०७७
काठमाडौं ०२:३२
वासिङटन डिसी 16:47

न्याक दशैँ कप भकुण्डो प्रतियोगिता २०२० हुने

विजय थापा २०७७ असोज २७ गते १:१४ मा प्रकाशित

नेपाली अमेरिकन सामुदायिक केन्द्र(न्याक) दशैँ कप भकुण्डो प्रतियोगिता २०२० हुने भएको छ । उक्त प्रतियोगिताको आयोजना डिसीएफसी(डिसीफुटबल क्लब)ले आयोजना गर्ने छ । डिसीएफसी भकुण्डो टोली अमेरिकामै नेपालीमा निकै चर्चित भकुण्डो टोली हो ।

प्रतियोगिता आगामी अक्टोबर १८ का दिन आइतबार हुने छ । उक्त दिन बिहान ८ देखि ९ बजे सम्म न्याक बिरुद्ध डिसीएनएससी बीच मैत्रीपूर्ण खेल हुने छ । अर्थात् न्याकका कार्यकारी समिति तथा डिसीएनएफसीका कार्यकारी बीच हुनेछ ।

यसै गरि ८ -९ बजे सम्म तृतीय स्थानको लागि टोली १ बिरुद्ध टोली ३ भिड्ने छन । यसै गरि ९ :३० -११ बजे बिहान सम्म टोली २ बिरुद्ध टोली ४ निर्णायक खेल (फाइनल )खेल्ने छन् ।

अन्त्यमा ११ -११:३० सम्म प्रशिक्षकलाई सम्मान हुने छ  । कार्यक्रम पश्च्यात पदक वितरण गरिने छ । अन्त्यमा नेपालका पूर्व राष्ट्रिय खेलाडी तथा प्रहरीका एसपी बिनोद खरेललाई सम्मान गरिने भएको छ भने हाल उनि डिसीएनएफसीका प्रशिक्षक पनि हुन् ।

प्रतिक्रिया