महानायकबाट महामानब बन्दै राजेशहमाल: जातको प्रश्न

नबिन बिक, चीन २०७७ असोज २६ गते २२:५८ मा प्रकाशित

 

अहिले सामजिक सञ्जालमा राजेश हमालले चलाएको कार्यक्रम जातको प्रश्नलाई लिएर धेरै बाद बिबाद उत्पन्न भएका छन।सामाजिक सञ्जालमा राजेशहमाललाई अनेकौ किसिमका नेगेटीभ टिका टिप्पणी गरेको पनि देखे, धेरैले राजेश हमालले जातको कुरो उठायो भनेर सिधै आक्षेप नलाए पनि क्रिश्चियनहरुले स्पोन्सन्सर गरेर चलाएको कार्यक्रम, क्रिश्चियनहरुले आफ्नो धर्मप्रचार गर्नलाई बनाएको कार्यक्रम भनेर कुतर्क पनि दिईरहेका छन।

हामीले किन यहाॅं जातको बिषयलाई ट्याबु ( Taboo) बनाईरहेका छौ? जातको बिषयमा केही कुरा निकाल्दैमा किन १२ हात उफ्रिन पर्यो? के राजेश हमालले समाजमा कथित तल्लो भनिएका समुदायका छोरा छोरीलाई तिमीहरुले ज्वाई वा बुहारी बनाउनु पर्छ भनेर वकालत गरेका छन? कि तिमीहरुको सम्पत्ति बाट २०% झिकेर ति समुदायमा बाॅंडिनु पर्छ भनेर वकालत गरेका छन? कि हिन्दु धर्म राम्रो छैन यै धर्मले गर्दा जातीय छुवाछुत बढेको हो त्यसैले हिन्दु धर्म छोडेर क्रिश्चियन धर्ममा लागौ भनेर वकालत गरे? हैन के चै गरे राजेश हमालले? किन कैयौ सय बर्ष देखी मानब भएर पनी पशु भन्दा तल्लो दर्जामा राखिएका, दबाईएका, तिरस्कृत गरिएका समुदायका ब्यक्तिहरुको हक र हित तथा सदियौ देखीको अत्याचारको बारेमा आज कसैले दुई शब्द बोल्दैमा यत्रो जलन र असह्य पिडा भयो यो समाजका बुद्दिजीबिहरुलाई?

जनै सुप्रिम्यासी हरुले क्रिश्चियनहरुले स्पोन्सर गरेर बनाएको भनेर मानब बिरुद्द भएको आफुहरुले गरेको अक्षम्य कालो अपराध लुकाउनलाई , अनावस्यक रुपमा यो जातको प्रश्न भन्ने कार्यक्रमलाई अन्तै मोडने षडयन्त्र रचिरहेका छन।

आज नेपालीहरु दिनानुदिन बिदेशीने क्रम जारी छ, चाहे त्यो रोजगारको शिलशिलामा होस वा उच्च शिक्षा हासिल गर्नको लागी होस। किश्चियनहरु प्रति यति धेरै नकारात्नमक हुनेहरु किन आफ्नो छोरा छोरीलाई अमेरिका, अष्ट्रेलिया, युरोप, युके पठाउछौ? आफ्नै देशमा राखेर सॅंस्कृत नपढाएर किन बिदेश पठाउछौ? नेपालबाट पैसा पठाएर पढाउन सक्ने खुबि भएका १ प्रतिशत पनी छैनन, त्यसैले त्यहाको पढाई , बस्न र खानाको खर्च उठाउन तिम्रा छोरा छोरीले गोरेको बर्गर, स्यान्डविच तथा रेष्टुरेन्टहरुमा गाईको मासुबाट बनेका परिकारहरु बेच्दा तिम्रो धर्म र नैतिकता कता गयो? त्यो बेलामा चै तिमीलाई क्रिश्चियनहरु खुब प्यारो लाग्छ, जब नेपालमा मानब अधिकार हनन भयो भने मानब अधिकार आयोग जान्छौ न्याय माग्न, प्रचन्डलाई अन्तराष्ट्रिय अदालत हेग सम्म लगेर कार्वाही गर्ने धम्की दिई रहन्छौ तर त्यो हेगमा पनि को बसेको छ थाहा छ? त्यै क्रिश्चियनहरु छन त्यहा पनि। नेपालमा जति पनि एड आउछ, खाने पानी , पोलीयो थोपा , महिलाहरुको पाठेघर सम्बन्धी वा बिभिन्न स्वास्थ्य सम्बन्धि कार्यक्रम कसले आयोजना गर्ने गरेको छ? त्यै पश्चिमारुले होईन? अनि आज एउटा मानबले अर्को मानबमाथि गरेको अत्याचारको बारेमा जनचेतना फैलाउन खोज्दा यत्रो रडाको मच्चाउन पर्ने?

अहिले संसारै कोरोनाको चपेटमा परेको छ। नेपालमा पनि स्थिति दिनानुदिन झन भयाबह हुदै गईरहेको छ, कथित दलित समुदायलाई सदियौ देखी आईसोलेसनमा राखेकाहरु आज कोरोनाले गर्दा आफै आईसोलेसनमा बस्दा पनि अझै चेत

खुलेको छैन।के अझै पनि तिमीले म २१ औ शताब्दीको मानब भनेर गर्बगर्न सक्छौ? महिला दिदी बैनीहरु पनि महिनाम १ हप्ता अछुत भएर बाॅंचेका छन, कम्तिमा पनि उहाॅंहरुले त यो अछुत हुनुको पिडा बुझ्नु पर्ने हो। मेरा प्यारा हिन्दु साथीहरु, हामीलाई पनि कुनै रहर छैन क्रिश्चियन बनेर हलेलुयाह भन्दै हिडनलाई, तपाईहरु पनि एउटा कार्यक्रम चलाउनुस, अभियान चलाउनुस, जहा मानब मानब एउटै हुन, हाम्रो भगावन एउटै हुन, बिगतमा आफु तथा आफ्ना पुर्खाहरुले जानअन्जानमा गरेका गल्तीहरुको ईमान्दारी पुर्बक क्षमा मागेर हेरनुस, आफ्नो घर दैलो तथा मन्दिरमा समान र सम्मानजनक ब्यबहार देखाउनुस , म ग्यारेन्टी दिन्छु,भोली दैखी सबै चर्चहरु खाली हुनेछन।मेरा प्यारा हिन्दु तथा कथित गैर दलित साथीहरु! तपाईहरु कथित दलितहरुलाई मानब जत्तिको सम्मान र माया दिन त सक्नु भएन तर एउटा कुकुर जत्तिको सम्मान त दिनुस भनेर गीडगीडाउदा पनि तपाईहरुलाई असह्य भयो?

अहिले कथित दलितहरुको क्रिेसचियन र हिन्दु संगको सम्बन्ध भनेको नेपालको भारत र चीन संगको सम्बन्ध जस्तै हो।भारत सॅंग रोटी बेटीको नाता भएर के गर्नु? भेषभुषा र भाषा मिलेर के गर्नु? जबसम्म सम्मान र ईज्जत दिन सक्दैन, सधै पेलि रहन्छ, हेपी रहन्छ अनि नेपालले पनि जबरजस्ती चीन संग सम्बन्ध बिस्तार गर्नु पर्या हो। चीन प्रति झुकाब बढाउनु पर्यो , ठ्याक्कै त्यस्तै हो कथित दलितहरु पनि ! हिन्दुहरुले पेले पछि क्रिश्चियन तर्फ लागेका हुन, बास्तबमा उनीहरुलाई हिन्दुहरुलेनै धकलेका हुन।

साथीहरु, यदि तपाईहरु अलिकति पनि आफु २१ औ शताब्दीको मानब हुॅं भनेर गर्ब गर्न चाहनुहुन्छ भने राजेश हमालले चलाएको कार्यक्रम “जातको प्रश्न” लाई बिरोध नगर्नुस, सपोर्ट गर्नुस, राजेश हमाल महानायको पद पाएकै थिए, पुर्ख्यौली सम्पति पनि राम्रै छ, आफुले पनि टन्नै कमाएका छन तर पनि उनि यो कार्यक्रमको लागी तयार भए, उनि जस्तो मास्टर डीग्री गरेका शिक्षित ब्यक्तिलाई यो बिषयमा बोल्दा बिबाद आउने कुराको ज्ञान नभएको पक्कै होईन तर पनि उनले आफ्नो सम्पुर्ण मान ईज्जत क्यारियर दाउमा लगाएर यो कार्यक्रम सन्चालन गरिरहेका छन।

किनकी उनले राम्रे संग बुझेका छन की २१ औ शताब्दीमा पनि मानब भएर मानबलाई गरेको अमानबको ब्यबहार र अपराधको बारेमा, उनी सत्यको बाटोमा हिडेका छन, ६० लाख अमानवको आवाज बुलन्द पारदिएका छन, यस्तो अदम्य शाहस र हिक्मत साधरण मानबले गर्न सक्दैन, त्यसैले राजेश हमाल महानायक मात्रै होईनन, उनी महामानब पनि हुन।बुद्दि राजेस हमालको होईन तपाई हाम्रो बिग्रेको हो।जहाॅं सदियौ देखी अत्याचार हुदै आएका छन र सहदै आएका छौ, मलाई लाग्छ अत्याचार गर्ने र सहने दुबै अपराधी हुन। अहिले सम्म राष्ट्रिय अन्तराष्ट्रिय लेभलमा यति ठुलो कार्यक्रममा यसरी जातको बारेमा प्रश्न उठाईएको थिएन।आज यसी बहस गर्नु राम्रो पक्ष हो , यस बिषयमा गहन तथा बृहत छलफल हुन जरुरी छ। धन्यबाद छ समता फाउन्डेशन, धन्यबाद छ राजेश दाई ।

नबिन बिक, चीन
( लेखक चीनका ब्यापारी तथा एनआरएनएका केन्द्रीय सदस्य हुन)

प्रतिक्रिया