नोबेल अस्पतालले गाउँ–गाउँबाट स्वाव सङ्कलन गर्ने

इनेप्लिज २०७७ असोज २६ गते २१:३१ मा प्रकाशित

विराटनगर,२६ असोज।नोबेल शिक्षण अस्पताल विराटनगरले कोरोना परीक्षणका लागि गाउँ–गाउँमा पुगेर स्वाब सङ्कलन गर्ने भएको छ।

अस्पतालमा आउँनेहरुको मात्र स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गर्दै आएको नोबेलले अब सरकारी मापदण्ड अनुसार गाउँँ–गाउँ एवं कार्यालयमा पुगेर पनि स्वाब लिने व्यवस्था अस्पतालका निर्देशक डा.राजेश नेपालले जानकारी दिनु भयो।

अस्पतालमा धेरै मान्छे भेला भएर स्वाब दिँदा सङ्क्रमण फैलने सम्भावना बढी भएकाले आवश्यकता अनुसार ठाउँ–ठाउँमा पुगेर स्वाब संकलन गर्ने व्यवस्था मिलाईएको अस्पताल प्रशासनले जनाएको छ।

स्वाब सङ्कलनका लागि बिशेषज्ञको बेग्लै टिमसहितको गाडी परिचालन गरि आवश्यकता र माग अनुसार गाउँ घर अथवा कार्यालयमै पुगेर स्वाब लिने व्यवस्था मिलाएका अस्पतालका निर्देशक डा.नेपालले बताउनु भयो।पालिका तथा वडाका जनप्रतिनिधिहरुले घुम्ती स्वाब सङ्कलनका लागि आग्रह गरेकाले पनि यस्तो सुविधा उपलब्ध गराईएको हो।अस्पतालले घुम्ती स्वाब सङ्कलनको समन्वय र व्यवस्थापनका लागि अस्पताल प्रबन्धक नारायण दाहाललाई जिम्मेवारी तोकेको छ।गाउँ–गाउँमा पुगेर स्वाब सङ्कलन गर्दा अतिरिक्त शुल्क नलाग्ने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया