राजधानीकै नमुना अरबिन्दो आश्रम

स्मृति ढकाल २०७७ असोज २६ गते १७:१४ मा प्रकाशित

काठमाडौँ । दुई सय भन्दा बढी असहाय , दीन दुखी बालबालिकाहरुलाई शिक्षा दीक्षा देखि बस्ने खाने जस्ता सबै ब्यबस्था गर्देै थानकोटको अरबिन्दो आश्रम राजधानीकै नमुनाको रुपमा रहेको छ ।

सरकारी, गैरसरकारी निकायका कैयौ स्थानमा बालबालिकालाई आश्रय दिएर राख्ने गरेका छन तर त्यहां तिनीहरुलाई स्याहार सम्हार गर्न भनी राज्यको ठुलो रकम खर्च गर्ने गरिएको छ । कतिपय गैरसरकारी क्षेत्रले बिदेशी पैसा निकै राम्रो गरी खर्च गरेका छन ।


अरबिन्दो आश्रममा अध्ययन गर्ने , काम गर्ने , खाना खाने , ध्यान , योगाको समय निर्धारण गरिएको छ । अरबिन्दो आश्रममा सबैले काम गर्छन कसैलाई काम गर्न भनेर राख्ने गरिएको छैन । माथिल्लो उमेरका देखि साना बालबालिका सम्म जस्ले जे काम गर्न सक्छन उनीहरुले आआपनो जिम्मेबारी निर्बाह गर्ने गरेका छन । त्यसैले त्यहां सबै मालिक छन सबै कामदार छन ।

तरकारी उत्पादन , गाइ पालन गरी दुध खाने ब्यबस्था आश्रममै हुने गरेको छ भने तराइमा धान खेती पनि आफै गरी आश्रममा रहेका सबैले अर्गानिक खानेकुरा खान्छन । स्वामी रामचन्द्र दाशले २८ बर्ष अघि थानकोट चन्द्रागिरी नजिक सानो कुटीबाट आश्रम प्रारंभ गर्नुभएको थियो । उहाकै अथक मेहनत गरेर सोही ठाउमा जमीन थप्दै जानुभयो र आश्रमलालाई पराकिलो बनाउनुभयो ।

आफैले जग्गा जमीन खरीद गरेपनि पछि गएर आफनो नाममा रहेको जमीन आश्रमकै नाममा सार्ने काम पनि आश्रमका संस्थापक स्वामी रामचन्द्र दाशले गर्नुभयो । अहिले उहांका सामिप्यमा २ सय भन्दा बढी बालबालिकाले आश्रय मात्र होइन पढने बस्ने र सज्जन नागरिकको रुपमा बिकास गरेका छन ।

नर्सरी देखि १२ कक्षा सम्म अध्ययन गर्ने बिधालय पनि आश्रमकै प्रांगण भित्र रहेको छ भने पढाउने शिक्षकहरु पनि आश्रममै रहने गरेका छन । सानै देखि पढदै गएर पछि सोही स्कुलमै शिक्षक हुने गरेका छन भने सयौ बिधार्थीले बाहिर राम्रो राम्रो स्थान आगटेका छन । बिदेश अध्ययन गर्न चाहने र गर्न सक्ने क्षमता भएका बिधार्थीलाई आश्रमले नै पठाउने समेत गरेको छ ।

आयुर्बेद अस्पताल संचालन , पस्मिना , ढाका बुन्ने काम समेत आश्रम भित्रै हुने गरेको छ । पहाडको काखमा रहेको आश्रममा पुग्दा निकै आनन्दको अनुभुति हुन्छ भने पहाडको सुन्दर हावाले गर्दा एक दुइ रात बसौ बसौ हुने गर्छ । हुन त त्यस्तै अति आनन्ददायी बाताबरण भएर नै होला बाहिरबाट कोही बस्न चाहन्छन भने त्यहा गेष्ट हाउसको समेत ब्यबस्था आश्रममा रहेको छ ।

बिदेशीहरु पनि सो आश्रममा गएर बस्ने , मेरिटेशन , योगा गर्ने गर्छन । सुर्तिजन्य , मादक पदार्थ , माछा मासु पुर्ण रुपमा निषेध रहेको आश्रममा दुध, दही , घिउ ,सागसब्जि सहितको स्वादिलो र पोषिलो खानेकुरा हुने भएकोले बिदेशीले पनि निकै मन पराउने गरेका छन । बिदेशी वा स्वदेशी कोही पनि आश्रममा बस्न चाहन्छन उनीहरुलाई केही शुल्क लिने गरिएको छ त्यो कुनै ब्यापारका लागि नभएर केबल लाग्ने खर्च मात्र लिने गरेको बताइएको छ ।

आश्रमका संस्थापक स्वामी रामचन्द्र दाश भन्दै हुनुहुन्थ्यो–आमा बाबुले छोडेर हिडेर अलपत्र परेका , आमा अर्कोसंग गएर अलपत्र परेको बच्चा देखि दीन दुखी बच्चाहरुलाई ल्याएर शुरुमा त दिशा पिसाब स्याहार्नै काम पनि सबै हामी आफैले गर्ने गरेका छौ यहा कोही काम गर्ने छैन र कोही मालिक भन्ने छैन सबै बराबर । त्यसैले आश्रम चलेको छ र चलाउन सकिएको छ । हामी प्रचार चाहदैनौ केबल कर्म मात्र गर्ने गर्छौैै । आश्रममा शुरुमा आउने बच्चाहरुका लागि अनुशासन सिकाउन निकै मेहनत गर्नुपर्छ तर केही समयपछि उनीहरु जब सक्षम हुन्छन तब उनीहरु आफैले आफना लागि आबश्यक पर्ने धेरै काम आफैले गर्छन ।

आश्रममका बालबालिकालाई समय समयमा बिभिन्न क्षेत्रका समाजसेबा गर्नेहरु ख्वाउन जाने पनि गर्छन । आश्रममा खाना ख्याउन गएपनि खाना आश्रमबाटै पाक्ने गर्छ खाना ख्याउन चाहनेले त्यस छाकका लागि लाग्ने खर्च दिने गरेका छन । कसैले खर्च पुग्ने गरी दिने गर्छन भने कसैले टोकनको रुपमा जति सक्यो त्यति दिने गर्छन ।

केही समय अगाडि लायन्स क्लब अफ लर्डबुद्ध बालबालिकालाई खाना ख्वाउन पुगेको थियो भने हिजो मात्रै लायन्स क्लब अफ काठमाडौ बागमति स्टेट, लायन्स क्लब काठमाडौ भुकुटी , लायन्स क्लब अफ गंगबु , लायन्स क्लब अफ हेरिटेज धरहरा , लायन्स क्लब अफ काठमाडौ ककनी , लायन्स क्लब काठमाडौ ट्री –सिटीले संयुक्त रुपमा खाना ख्वाउने काम गरेका थिए । खाना ख्वाउन गएका लायन्स क्लबका पदाधिकारी , सदस्यहरुलाई स्वामी रामचन्द्र दाशले आश्रमको बारेमा जानकारी पनि गराउनुभएको थियो ।

सो अबसरमा लायन्सका लिडर सुर्य केसी , नेपाली पत्रकारहरुको अन्तरराष्ट्रिय संजाल इन्जा एशियाका अध्यक्ष बरिष्ठ पत्रकार टंक पन्त , लायन्स लिडरहरु रत्न पोख्रेल , बिष्णुप्रसाद भण्डारी , पुकार छन्त्याल, स्वस्तिक ओली , इन्द्र बज्राचार्य लगायतले लायन्सले गर्देै आएको सेवाका बारेमा प्रकाश पार्नुभएको थियो । आश्रमकी सुष्मा भुसालले आश्रम क्षेत्र भ्रमण गराउदै जानकारी गराउनुभएको थियो ।

लायन्स क्लब लिटल बुद्ध र लाफिङ बुद्धले  सोही दिन बसन्तपुरमा बृहत रक्तदान कार्यक्रम पनि संपन्न गरेको थियो ।

लायन्स क्लब लर्ड बुद्धले समय समयमा रक्तदान , बिभिन्न जिल्लामा बृहत स्वास्थ्य शिबिर कार्यक्रम देखि अन्य सेवाका कामहरु गर्देै आएको छ । गुल्मी अर्घाखाचीमा गत साल भएको बृहत स्वास्थ्य शिबिर कार्यक्रम सो क्षेत्रका नागरिकका लागि निकै सहयोगी र नमुनाकै रुपमा रहेको थियो ।

यस बर्ष पनि बिभिन्न जिल्लामा स्वास्थ्य शिबिर कार्यक्रम गर्ने योजनामा भएपनि कोरोना महामारीका कारण संभब हुन नसकेको अध्यक्ष लक्ष्मी कटेलले बताउनुभएको छ ।
तर कोरोना महामारीकै बीचमा पनि अरबिन्दो आश्रममा छिटै नै बिशेष कार्यक्रम गर्ने योजना रहेको लायन्स क्लब अफ लर्ड बुद्धका संस्थापक अध्यक्ष बिष्णुप्रसाद भण्डारीले जानकारी गराउनुभएको छ । कोरोना महामारीले गर्दा बिरामीहरुलाई रगतको अभाब भयो भन्ने खबर आउना साथ तत्काल रक्तदान कार्यक्रमको आयोजना पनि सो क्लबले गर्देै आएको छ ।

नेपाली पत्रकारहरुको अन्तरराष्ट्रिय संजाल इन्जाको सहयोगमा तयार पारिएको

प्रतिक्रिया