२०२० को अर्थशास्त्रको नोवेल पुरस्कार दुई अमेरिकन प्राध्यापकहरुलाई

इनेप्लिज २०७७ असोज २६ गते ११:१५ मा प्रकाशित

२०२० को अर्थशास्त्रको नोवेल पुरस्कार दुई अमेरिकन प्राध्यापकहरुलाई प्रदान गरिएको छ । प्रा पौल मिलग्रोम तथा प्रा रोबर्ट विल्सनलाई उनीहरुले लिलामी (अक्सन)सिद्धान्तमा गरेको योगदानको कदर गर्दै २०२० को अर्थशास्त्र नोबेल पुरस्कार दिईएको रोयल स्वेडिस एकडेमी अफ साईन्सले जनाएको छ ।

प्रा मिलग्रोम तथा प्रा विल्सन क्यालिफोर्नियाको स्टानफोर्ड बिश्व बिद्यालयका प्राध्यापकहरु हुन् । लिलामी कामले कसरी सुधार गर्दछ भन्ने बिषयमा सैद्धान्तिक अन्वेषण गरेकोले उनीहरुलाई सम्मान गरेको हो ।

श्रोत :सिएनएन तस्बिर :न्यूयोर्क टाइम्स

प्रतिक्रिया