सोमबार, मंसिर १५ २०७७
काठमाडौं ००:४०
वासिङटन डिसी 13:55

अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४४ हजार,३९८ जनाको मृत्यु

इनेप्लिज २०७७ असोज २६ गते १०:३३ मा प्रकाशित

अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्यामा ४४ हजार ६ सय १४ पुगेको छ । कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ३ सय ९८ पुगेको जोन्स हप्किन्स बिश्वबिद्यालयले जनाएको छ ।

उक्त तथ्यांक गत आइतबार अक्टोबर ११ का दिन २४ घण्टामा लिइएको हो । गत शनिबार को तुलनामा आइतबार मृत्यु संख्या र कोरोनाबाट संक्रमित हुनेको संख्यामा समेत कमि आएको छ ।

अमेरिकामा हाल सम्म २ लाख १८ हजार ९ सय मृत्यु भएको भने ७९ लाख १८ हजार मानिसहरु संक्रमित भएका छन् । अहिले सम्म करिव ३२ लाख २१ हजार निको भै सकेका छन् ।

श्रोत :जोन्स हप्किन्स बिश्वबिद्यालय/सिएनएन

 

प्रतिक्रिया