आइतबार, कार्तिक ९ २०७७
काठमाडौं ०२:४३
वासिङटन डिसी 16:58

अमेरिका बाट अनु शाहले ल्याइन ‘तिम्रो प्यारमा छु’ ( भिडियो )

इनेप्लिज २०७७ असोज २६ गते ९:४७ मा प्रकाशित

असोज, काठमाडौं।अमेरिकामा बसेर निरन्तर संगीत सिर्जनाहरु सार्वजनिक गर्दै दर्शक स्रोताको मन जित्दै आइरहेका गायक जगदीश समाल ,गीतकार अनु शाह र संगीतकार नारायण सुवेदी आभाषको सहकार्यमा ‘तिम्रो प्यारमा छु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

प्रेमिल शैलीको यस गीतमा गायक जगदीश समाल र अस्मिता अधिकारीको स्वर रहेको छ।नारायण सुवेदी आभाषले संगीतवद्द गरेको यस गीतलाई उदय राज पौडेलले यस गीतलाई संगीत संयोजन गरेका हुन्।

गोदावारीमा छायांकन गरिएको भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल निलम चन्दको प्रेम र रोमान्स लाई सुन्दर तरिकालाई प्रस्तुत गरिएको छ।भिडियोमा बुद्द थापाको छायांकन , विकाश धमलाको सम्पादन रहेको छ। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।

अमेरिकामा रहेर साहित्य र संगीतमा क्रियाशील गीतकार शाहले यस गीतलाई साथ,सपोर्ट र माया गरिदिन सम्पुर्णमा आग्रह गरेकी छिन्।

प्रतिक्रिया