सर्ट मुभी एक लभरको फस्टलुक सार्वजनिक

इनेप्लिज २०७७ असोज २६ गते ९:४० मा प्रकाशित

सर्ट मुभी एक लभरको फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ।द सेलिव्रेटी टाइम्सको ब्यानरमा निर्माण गरिएको चलचित्रको आज सामाजिक संजालमार्फत दुईवटा तस्विर सार्वजनिक गरिएको हो।

चलचित्रलाई सि.ए.दुर्गाप्रसाद ज्ञवालीले निर्माण गरेका हुन्।समसामयिक प्रेम कथामा आधारित चलचित्रको दुई पोस्टरमध्ये एउटा पोस्टरमा प्रेमिल जोडीको प्रेम भाव प्रस्तुत गराइएको छ भने अर्को पोस्टरमा युवाको भिन्नै चरित्रलाई देखाउन खोजिएको छ।

निर्माण टिमले चलचित्रको पुर्ण कथा भने अझै सार्वजनिक गरेको छैन।विगत १२ वर्षदेखि सम्पादनको रुपमा काम गर्दै आएका यो चलचित्रका अभिनेता शाहिल खानले चलचित्रमा निकै मिहेनत गरेको बताए।शाहिल खान,अनुपमा भण्डारीलाई फिचर गरिएको पोस्टरलाई टौवा क्रियशनले डिजाइन गरेको हो।यो चलचित्रमा शाहिल खान, अनुपमा भण्डारीबाहेक राज थापा क्षेत्री, सरु माझीको पनि अभिनय देख्न सकिनेछ।

चलचित्र यतिबेला मुभी फ्याक्ट्रिमा पोस्टपो्रेड्क्सनको काम भइरहेको छ।एक हप्ता लगाएर छायांकन गरिएको चलचित्रलाई रामजी ज्ञवालीले निर्देशन गरेका हुन् भने आर्यन अधिकारीले सहायक निर्देशकको भुमिका निर्वाह गरेका छन्।फस्टलुक पोस्टरसँगै निर्माण टिमले चलचित्रको रिलिज मिति समेत सार्वजनिक गरेको छ।
चलचित्रका निर्माता दुर्गा प्रसाद ज्ञवालीले आगामी कात्तिक १७ गते उक्त चलचित्र सार्वजनिक हुने जानकारी गराए।चलचित्र प्रदर्शन गर्नुअघि यो चलचित्रको ट्रेलर र गीत समेत हेर्न सकिने निर्माण टिमले स्पष्ट पारेको छ।छोटो चलचित्र भएपनि यो चलचित्रले आम दर्शकको चाहना अनुसारको विषयवस्तु उठान गरेको निर्देशन रामजी ज्ञवालीले जानकारी दिए।चलचित्रमा निर्देशक रामजी ज्ञवाली र आर्यन अधिकारीको स्क्रिप्ट,स्क्रिनप्ले र डाइलग रहेको छ।

प्रतिक्रिया