विराटनगरमा थप एक कोरोना सङ्क्रमितको मृत्यु

मनोज दाहाल २०७७ असोज २६ गते ९:३२ मा प्रकाशित


मनोज दाहाल,

विराटनगर,२६असोज(रासस):नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचारत एक कोरोना सङ्क्रमितको आज विहान मृत्यु भएको छ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–५ का ३७ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको अस्पताल प्रशासनका नारायण दाहालले जानकारी दिनु भयो। मृतकलाई स्वास्थ्यमा समस्या भएपछि आइतबार उपचारका लागि अस्पतालमा ल्याइएको थियो।

मृतक विगत केही वर्षदेखि मृगौलाको नियमित डाइलासिस गराउँदै आएका थिए ।प्रदेश नं १ मा कोरोना सङक्रमितको मृत्युको संङख्या अहिलेसम्म १०३ पुगेको छ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया