मंगलबार, कार्तिक ११ २०७७
काठमाडौं १७:०१
वासिङटन डिसी 07:16

भर्जिनियाका बरिष्ठ बुद्धिजिबी – नेपाल सरकारका पूर्ब प्रस्ताबित राजदूत डा० सुकदेब शाहको दु:खद निधन

इनेप्लिज २०७७ असोज २६ गते ८:५४ मा प्रकाशित

ईनेप्लीज । वाशिंगटन डिसी – अमेरिकामा नेपालीहरुको बाक्लो बस्ती रहेको भर्जिनियाको नेपाली समुदायका बरिष्ठ बुद्धिजिबी तथा बरिष्ठ अर्थशास्त्री डा० सुकदेब शाहको दु:खद निधन भएको छ ।

मधेशी दलका नेता उपेन्द्र यादब पररास्ट्र मंत्री हुँदा डा० सुकदेब शाहलाई नेपाल सरकारले अमेरिकाको लागी नेपाली राजदुत पदमा सिफारिस गरेको थियो।

सरकारले राजदुत पदमा सिफारिस गरेपछी – संशदको पररास्ट्र मामिला समितीबाट सार्बजनिक बहस ( हेयरिङ्ग ) कोप्रकिया समेत पुरा गरेर डा० शाह अमेरिकाको लागी राजदुत पदमा नियुक्तीको लागी राष्ट्रपतीबाट ओहदाको प्रमाणपत्र ग्रहण गर्ने बेलामा नेपालमा सरकार परिबर्तन भएको कारणले डा० शाह अमेरिकाको लागी नेपाली राजदुत हुने मौकाबाट बन्चित हुनुपरेको थियो।

बिश्वकै आर्थिक निती तर्जुमा गर्ने अन्तरास्ट्रिय मुद्रा कोष (आई० एम० एफ० ) मा बत्तीस बर्ष बरिष्ठ अर्थशास्त्री भएर संसारकै आर्थिक निती तर्जुमा गर्ने काम गरेपछी डा० शाह फिजीको बिश्वोबिद्यालय प्राध्यापक भएका थिए।

आजभन्दा १५ – २० बर्ष पहिलेको सानो नेपाली समुदायमा प्रबाशमा कुनै बौद्धिक कार्यक्रम हुने चलन नै नभएको त्यो समयमा डा० सुकदेब शाहलाई नै प्रमुख बक्ता बनाएर नेपालको आर्थिक बिकाशको लागी अमेरिकामा बौद्धिक छलफलको कार्यक्रम आयोजना गर्ने चलन शुरु भएको कुरा आयोजक संस्था – अमेरिका नेपाल सोशाईटी, वाशिंगटन डिसीका पुर्ब अध्यक्ष खेम भट्टचन बताउंछन्।

नर्थ अमेरिका महादेशकै पहिलो संस्था अमेरिका नेपाल सोशाईटी ( १९६७ ) को स्थापना पाला देखीकै डा० शाहआजिबन सदस्य भएको कुरा अर्का पुर्ब अध्यक्ष प्रेम संग्रौला बताउंछन् ।

भर्जिनियाको अलेक्जेड्रिया सिटीमा रहेको आफ्नै घरमा शोकाकुल डा० शाहका धर्मपत्नी एन्वा-अध्यक्ष बिजया शाहलाई धैर्य धारण गर्ने शक्ती मिलोस् भनी प्राथना गर्दै स्वो० डा० सुकदेब शाहको चिरशान्तीको कामना गर्दै हार्दिक समबेदना टक्राउंछौं – ईनेप्लीज परिवार

प्रतिक्रिया