बिहीबार, साउन १४ २०७८
काठमाडौं ०१:२७
वासिङटन डिसी 15:42

टेक्ससको फोर्ट वर्थमा दुई जलेका शव फेला

इनेप्लिज २०७७ असोज २६ गते ०:०४ मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यको चर्चित शहर फोर्ट वर्थमा प्रहरीले दुई जलेका शव फेला पारेका छन । गत शनिबार बिहान प्रहरीले जलेका दुई पुरुषहरुको मृत शरीर फेला परेकोले अनुसन्धान गरि रहेको जनाएका छन ।

उक्त घटना घटे पछि एक महिलाले ९११ प्रहरीमा खबर गरेकी थिइन । जासुसका अनुसार उनीहरु घटनास्थलमा पुग्दा जलेको मृत शरीर अन्तरराज्य आई-३० को पूर्व स्थित इको लेक ड्राइभमा फेला पारेका थिए ।

यसै गरि प्रहरीले अन्तरराज्य आई-३० को पश्चिम तर्फको ३ माइल टाडा वेस्ट फेलिक्स स्ट्रिट(गल्ली)मा मृत शरीर फेला परेका थिए ।

श्रोत :फक्स४

प्रतिक्रिया