लघु कथा “लक डाउन यात्रा”

दीपक पन्त,मिल्वाकी,अमेरिका २०७७ असोज २५ गते २२:०५ मा प्रकाशित

नाम मात्रको लक डाउन थियो ऊ बसेको स्टेटमा । त्यसो त् यो समय मा उसको व्यवस्था निक्कै बाक्लिएको थियो । आफ्ना बिजनेसका रेख देखका अलावा यो कोरोना कहर बाट उत्त्पत्ति भएको असजिलो परिस्थितींमा नेपाली समुदायमा स्वास्थ्य जीवन तथा जिउनको लागी आवश्यक जानकारी मुलक सर सल्लाह हरु दिनु ,सकेको सहायता गर्नु दैनिकी बनेको थियो उसको ।

इम्प्लोइको अभाबका कारण पछिल्लो सिफ्ट ऊ आफैले काम गरि भर्खर काम बाट फर्केको थियो । हात मुख धोई खाना खाना डाइनिङ्ग रुम तिर के जान लागेको थियो । मेसेंजरमा घन्टी आयो । सामान्यतय रातको ९ बजे पछि ऊ त्यति फोन रिसिब गर्दैनथ्यो । तर आजकल कोरोना कहरले कोही कसैको सहायता अनुरोध हो कि भन्ने सम्झेर ऊ रातको १२ बजे सम्म पब्लिक सम्पर्कमै रहन्छ ।

फोन रिसिब गर्नासाथ ,मधुर स्वरले गुन्जायमान भो “नमस्कार हजुर ” ।त्यति परिचित स्वर लागेन,तर ध्वनि भने सुमधुर थियो , नेपाल बाट कोही आफन्तले हो कि ? उता त अहिले बिहान पनि छ , मनमनै सम्झदै अलि अप्ठ्यारो मान्दै बोल्यो “नमस्कार हजुर ,काँ बाट को बोल्नु भो ?“

कस्तो नचिन्नु भाको त ? म भने सधै हजुरको लेख,रचना /लाइभ लाइक गर्छु,शेयर गर्छु, कमेन्ट गर्छु ,अझ धेरै जसो हजुरको लेखमा त म लभ साइन ले नै लाइक गरि दिन्छु ।उसले आफ्नो परिचय एकै पटक राखी ।

ऊ अकमक्कियो ।सम्झने प्रयास गर्दै बोल्यो ।हैन मैले मेरा शुभ चिन्तक फ्यानहरुका लागि राख्ने गरेको सुचना मुलक लेखहरु /भिडियोहरु मा सयौ लाइक कमेन्ट सुझाबहरु आउने गर्दछ ।सरि तपाइँ कुन डाआई हार्ट फ्यान पर्नु भो मैले चिन्न सकिन ? उसले आफ्नो लाचारहिता सहित अनभिज्ञता राख्यो ।

ल कस्तो हजुरले हेका न राखिस्या ,हल्का हाँसो सहित ऊ बोल्दै थिइ ? दुइ दिन अघि मात्र मैले मेरो फेसबुक वालमा एक दर्जन महिला साथिको बिचमा हजुर मात्र एक पुरुस मित्रको ट्याग गरि मेरो हसिलो बिम्ब राखेको थिए नि ,याद गर्नु भएन ? छि हजुरनी लाइक पनि नगर्नी । दुखेसो पोखीन उनीले ।

दलिलको पुस्ठ्याईको लागि अगाडि रहेको ल्याब टप खोली खुल्दुली मेट्यो उसले । नभन्दै हो रहेछ ।खुला झरना माथि गगन चुम्ने आखाँमा सुन्दर तस्बिरले हेलो भनि रहेको थियो ।अब उसले, धेरै उत्तर पाइसकेको थियो । ऊ को थिइ ? कहाँ बाट थिइ ? कहिले देखि फलो गरि रहेकि थिइ ।तस्बिर बास्तब मै सुन्दर थियो ।प्रसंसा गर्न लायक थियो । अझ पछाडिको झरनाको सिंनले त् झन् मन मोहक बनाएको थियो । भगवान कृष्ण लाई पनि बाल्यकालमा सुधामा ,युवामा अर्जुन अनि अन्तिम समय सम्म बलरामको सहकार्य बाट मात्र परिचित गराइएको धार्मिक मान्यता बाट हुर्किएको उसलाई ,एकल “काले कृष्णको“ पगरी ले पक्कै हर्शानु भुत गर्यो । पुरुष हुनुमा गर्व गर्यो । गहिरिएर उसको फोटो हेर्यो अनि भित्र भित्रै मुस्कुरायो । लामो सुस्केरा सहित उसले बोल्यो ,ठिकै छ ।अनि केहि काम , जिज्ञासा थियो कि ? म भोलि लाइभमा आउदैछु केहि प्रस्न भए सोध्नु होला ।अब रात नि अबेरै हुन् लाग्यो ।

उसको बाक्य बिट नमार्दै उसले थपी ” हो हो ,मलाई पहिले नै थाह छ हजुर प्रत्येक बुधबार मध्यान्न लाइभ आउनु हुन्छ । म त जहिले नि एक घण्टा अगाडी नै कम्प्युटरमा बसी सकेको हुन्छु नि । एकै सासमा थपी उसले । अनि हजुर अघिल्लो हप्ता जस्तो नगर्नु नि ,लाइभमा ।हजुरको सर्टको माथिल्लो बटन नै फुस्केको थियो  त्यो लाइभमा ,त्यस्तो कुरा त् अलि बिचार गर्नु नि । अनि त्यो टीसर्ट लाको लाइभ नि राम्रो थिएँन नि ,खल्तीमा कलमको मसीको दाग सबै देखिएको थियो ।लन्ड्री गरि सहयोग गर्ने कोहि छैनन् कि क्या हो ? फेमिलियर हाँसोले अति रंजित गराई उसले ।

ह्यांगरमा सिउरिएको सर्ट अनि टीसर्ट ले उनीले बोलेका कुरा सत्य भएको प्रस्ट्याई रहेको थियो । उसले रातो पिरो हुदै लज्जा बोध गर्यो । यति नजिकै बाट नियाल्ने को होला ? नचाहदै नचाहदा पनि ,उसका मनमा एक कौतुहलता सृजना भयो अनि उनको बारेमा सोच्न थाल्यो । एक अलग किसिमको तरंगले मन मस्तिष्क बेचैनी बनायो । शुन्य समयामा दुवै तर्फ मौनता छायो ।

शुन्य समयामा फेरी उनि नै बोलिन , “हजुर त् यो महिना को अन्तिममा हाम्रो शहरमा आउदै हुनु ‘दो रहिछ ,भेट पाइयाला नि हजुर ,मैले त त्यो दिन बिदा मिलाई सके ”

हो ,म यो साता शिकागो आउदै छु । तपाइँ मेरो बारेमा धेरै कुरा अपडेट हुनु हुँदो रहेछ । अब त् मैले नभेटि सुखै भएन । उसले प्रति उत्तर दियो ।
दुवैका ओठमा अदृस्य रुपमा खुशीका प्रेम रुपी हाँसो छल्कियो । निशब्द: मौनताले पुन : एक पटक प्रबेस पायो ।

अचानक नेपथ्याबाट आवाज आयो , “हैन हजुर को सँग बोलिस्या ? खाना तताएको सेलाई सक्यो । छिट्टो तल झर्नुस ।रात धेरै भै सक्यो । “श्रीमतीको आज्ञा पालन गर्दै उसले फोन डीस्कनेट गर्यो ।अनि तल झर्यो । हैन यति लामो को संग बोलि ‘रा ? प्रश्न पुन :दोहोरियो ।

भातको गास हाल्दै बोल्यो, त्यहि क्या ,हाम्रो शिकागोको कन्फ्रेंसको कन्फर्म गरेको कोलीक्कहरु संग । पुरूष रुपी शव्द जाल फ्याक्यो उसले ।

य हो त नि, म र बुनु पनि सल्लाह गरि सकेका थियौ । हामी पनि हजुरसंगै जाने ,यो सेमिनारमा शिकागो घुम्न । यति लामो लक् डाउनमा घर बस्दा बस्दा हामी पनि थाकी सक्यौ । अलि फेर्स हुन पाइने भो । बरु टिकट चाहि एड छिट्टै गरिसियो है । वा । यो साता लक् डाउन खुल्ने ,अर्को साता शिकागो घुम्न जाने कस्तो संयोग । क्या मज्जा । बुनुको पनि स्कुल समर ब्रेक भै हाल्यो क्यारे । नो अप्सन नै नदीइ श्रीमती जीले वाक्य टुङ्ग्याइन ।

गिलासको पानी पिउदै , भारी मन लिएर उसले , भ्रमण आदेस स्वीकृत गर्यो , हस् भै हाल्छनी ।

खान पिन पछि क्षण भर मा नै ओच्छ्यानमा पल्ट्यो । मधुर बत्तीले मद्य रातको संकेत दिई सकेको थियो । सिलिंगको डण्डामा परेको मधुर बत्तीका प्रकाशका सप्तरङ्ग हेर्दै उसले भन्यो हे लक डाउन ,अझै बढ ,अझै बढ । मेरो यो यात्रा प्रतिबन्ध गर । प्रतिबन्ध गर । त्यसको ठीक बिपरित ,यता उनी ब्यग्र प्रतिक्षामा अर्ध निद्रामा बर्बराउदै थिइन् ,लक् डाउन खुल्नि भो खुल्नि भो , ऊ शिकागो ऊ शिकागो ।।

प्रतिक्रिया