शनिबार, मंसिर २० २०७७
काठमाडौं १४:१८
वासिङटन डिसी 03:33

न्यूयोर्कको म्यानह्याटनमा २६ बर्षिय युवाको गोली हानी हत्या

इनेप्लिज २०७७ असोज २५ गते २१:२७ मा प्रकाशित

बिश्व कै सम्राट राज्य न्यूयोर्कको म्यानह्याटनमा २६ बर्षिय युवाको गोली हानी हत्या भएको छ । यसै शिलशिलामा न्यूयोर्क शहर प्रहरीले आइतबार सदिग्ध व्यक्तिलाई पक्राउ गरेको छ ।

गत अक्टोबर १० का दिन राती ११ बजे अगाडी इनवुडमा उक्त घटना घटेको थियो । इनवुड कै पोष्ट एभेन्यु(मार्ग)मा संदिग्ध २८ बर्षिय राफेल नेग्रोनको गोलीबाट उनको मृत्यु भएको हो ।

ब्रन्क्सका नेग्रोनलाई हत्या तथा हतियार प्रयोग गरेको अभियोग लगाईएको प्रहरिले जनाएका छन । घटना पछि ठूलो मात्रामा प्रहरीहरुको त्यहा उपस्थिती रहेको थियो ।

श्रोत :सिबिएस न्यूज

प्रतिक्रिया