प्रशान्त कुमार गौडेलको निर्देशनमा “भेदभाव” सार्वजनिक (भिडियो सहित)

इनेप्लिज २०७७ असोज २५ गते १६:०५ मा प्रकाशित

नेपालीहरुको महान पर्व दशै र तिहार नजिकिदै गर्दा दशै तिहार सम्बन्धि भिडियोहरु हरेक दिनजसो दर्जनौं युट्युब च्यानलहरुमा आइरहेका छन।रुपन्देहीको देवदहका युवा प्रशान्त गौडेलले पनि लकडाउनको समयलाई सदुपयोग गरि विभिन्न भिडियो निर्माण गरि रहेका छन।यसै क्रममा गौडेलले दशै बिशेष मार्मिक भिडियो आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन।

भेदभाव नामक सर्ट मुभी सार्वजनिक गरेका हुन।जसमा लकडाउनको समयमा गरिबले कसरी दशै मनाउन सक्छन भनि छोटो कथामा यथार्थ प्रस्तुत गरेका छन। जसमा सलिना बुर्जा मगर,नम्रता केसि, शिला तामाङ, शितल बुर्जा मगर,उषा बस्याल, कमल थापा काजी,रमेश भण्डारी, प्रबेग गौडेल,किरण अधिकारी तथा स्थानीय कलाकारहरुको अभिनय रहेको छ।कथा लेखन प्रेम कला पाण्डेको रहेको छ भन्ने छायांकन,निर्माण तथा निर्देशन प्रसान्त कुमार गौडेलले गरेका छन।

भिडियो हेर्नुस्

https://www.youtube.com/watch?v=9xFuQ5dMD4E&feature=emb_logo

प्रतिक्रिया