सन् २०१० सेप्टेम्बर २ तारिकको मध्यरात भारतिय सेनामा कार्यरत श्रेष्ठ एक घना जंगलको बिचमा यात्रुबाहक रेलभित्र ४० डाकासँग एक्लै भिडेर कैयौंको जिउधन र केही चेलीहरुको इज्जत समेत बताएर बहादुरी प्रस्तुत गरे।
एउटै खुकुरीको भरमा तीन डाँकालाई सिध्याए,लुटिएका लाखौं मूल्यको धनमाल फिर्ता गराए,धेरैलाई जीवन दान दिए,बाबुआमाकै अगाडी डाँका समूह बाट इज्जत लुटिने अवस्थामा पुगेकी युवतीको इज्जत समेत जोगाईदिए।
भारत सरकारले विष्णुलाई सौर्य चक्र,ब्रेभरी अवार्ड र सर्वोेत्तम जीवनरक्षा मेडल बाट सम्मान गर्यो।भारतमा यस्तो अवार्ड कमैले पाउँछन्।जसका कारण विष्णुको मात्र कद बढेन सिंगो नेपाल र नेपालीको सान बढ्यो।उनको त्यहि बहादुरीको सेरोफेरोमा भारतीय गायक एवं नायक हिमेश रेशमियाले उनको बायोपिक मुभि समेत बनाउने तयारी गरिरहेका छन्।प्रस्तुत छ यो विशेष संवाद।
प्रतिक्रिया