राप्रपाको केन्द्रीय समिति विस्तार

इनेप्लिज २०७७ असोज २५ गते १३:४३ मा प्रकाशित

२५ असोज, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ४ सय नयाँ केन्द्रीय सदस्य थप गरेको छ । राप्रपाले ३ सय २७ सदस्यीय केन्द्रीय समितिमा नयाँ सदस्य थप गरी केन्द्रीय कार्यसमितिमा ७ सय २७ सदस्य पु¥याएको छ ।

राप्रपाले आज प्रेस विज्ञप्ति जारी गरी पार्टीको विधान तथा पार्टी एकीकरणसम्बन्धी आधारपत्र बमोजिम ३ अध्यक्षको सहमतिअनुसार केन्द्रीय कार्यसमिति विस्तार गरिएको जनाएको हो । “असोज २९ गतेसम्म जिल्लास्तरमा समायोजन सम्पन्न गरिसक्ने र आगामी वैशाख २५ देखि २८ गतेसम्म काठमाडौँमा हुने केन्द्रीय महाधिवेशनको तयारीमा लाग्ने योजना छ”, विज्ञप्तिमा भनिएको छ ।

एकीकृत पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएपछि पहिलो पटक केन्द्रीय कार्यसमिति विस्तार भएको हो ।

राप्रपा अध्यक्ष कमल थापाले आवश्यकता अनुसार केन्द्रीय समितिलाई थप विस्तार गर्न सकिने बताएका छन् । उनी भन्छन् – ‘पार्टी एकिकरण पछि बढी भन्दा बढि साथीहरूलाई समेट्ने क्रममा राप्रपा केन्द्रीय समितिको विस्तार भएको छ। कोही छुटेका भए अझै समेटन सकिन्छ।’

प्रतिक्रिया