एनआरएनए संस्कृति तथा सम्पदा उपसमितिको आँकडा संकलन सम्बन्धि अनुरोध

इनेप्लिज २०७७ असोज २५ गते १२:२५ मा प्रकाशित

श्री आदरणिय सर्जक, साहित्यकार सामाजिक अभियन्ताज्यूहरु,

नमस्कार !

बिषयः जानकारी उपलब्ध गराइ सहयोग दिने बारे ।

महोदय,

गैह्रआवाशीय नेपाली संघ संस्कृति तथा सम्पदा उपसमितिले नेपाल भन्दा बाहिर मुलुकमा रहेका नेपाललाई परिचय गराउने संस्कृति र सम्पदालाईहरुको आँकडा संकलन गरी लिपिबद्ध गराउन लागेको कुरा सहर्ष जानकारी गराउँदछौ ।

हामीले देहायका बिषय बस्तुहरुलाई लिपिबद्ध गर्न लागेको हुनाले तपाई रहनु भएको देश र शहरको विवरण उपलब्ध गराइ सहयोग गरी दिनु हुन हार्दिक अनुरोध गर्दछौ । तपाईले गर्नु भएको यो सहयोगलाई प्रकाशन हुने पुस्तकमा लिपि बद्ध गर्ने पनि जानकारी गराउँदछौ ।

तपशिल:
१. त्यहाँ रहेका नेपालीहरुले मनाउँने साँस्कृतिक चाडपर्वहरु दसै, तिहार, तिज, लोसार, इद, छैट, साउने सग्रान्ति, उँधौलीउँभौली, मागी आदि ।
२. त्यहाँ भएका नेपाली भाषा पठनपाठन गराउँने बिधालयहरुको बारेमा
३. त्यहाँ भएका आर्टग्यालरी, म्यूजियम, पुस्तकालय आदिमा रहेका नेपाल झल्काउने मूर्तिहरु फोटोहरु हातहतियारहरु पुस्तकहरु आदि
४. त्यहाँ भएका नेपाली संघ सस्थाहरु र ती संघ सस्थाहरुले गरेका नेपाल चिनाउने कृयाकलापहरु
५. नेपाली बाध्यवाधन सिकाउने स्कूलहरु, नृत्यकक्षाहरु, गायन कक्षाहरु आदि
६. नेपाल पहिचान गराउने रेष्टुरेण्ट नेपाली खाना, दालभात, गुन्द्रुक, तरकारी, होटल, पसल, नेपाली पोशाक, टोपी, झण्डा, दौरासुरुवाल, गुन्युचोलो, तश्विरहरु, मूर्तिहरु, नेपाली मन्दिरहरु पशुपतिनाथ बुद्ध देविदेवताका मूर्तिहरु, नेपाली सामान पानस, कलस, करुवा, थाल, बटुका, खुकुरी, नेपाली चिया कफी र नेपाली उत्पादनका बस्तुहरु अन्यसामानहरु आदि ।

नेपाल र नेपालीहरुको परिचय गराउने यावतकुराहरुको वारेमा जानकारी गराई सहयोग गरी दिनहुन हार्दिक अनुरोध गर्दछु । सहयोगका लागि हार्दिक धन्यवाद ।

सामाग्रीहरु पठाउने ईमेल ठेगाना :

सुरेन उप्रेतीः [email protected]
कृष्णप्रकाश श्रेष्ठः[email protected]
लेखनाथ काफ्लेः [email protected]
भवदिय,

सुरेन उप्रेती
सदस्य सचिव
पुस्तक प्रकाशन कार्यदल, एनआरएनए संस्कृति तथा सम्पदा उपसमिति

प्रतिक्रिया