बुधबार, मंसिर १७ २०७७
काठमाडौं २२:२३
वासिङटन डिसी 11:38

अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५१ हजार,५९१ जनाको मृत्यु

इनेप्लिज २०७७ असोज २५ गते ११:३८ मा प्रकाशित

अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्यामा ५१ हजार ३७ पुगेको छ । कोभिड-१९ बाट मृत्यु हुनेको संख्या गत शुक्रबार भन्दा करिव आधा कम भएता पनि ५ सय ९१ जनाको मृत्यु भएको न्यूयोर्क टाइम्सले समाचार प्रकाशित गरेको छ ।

उक्त तथ्यांक गत शनिबार अक्टोबर १० का दिन २४ घण्टामा लिइएको हो । बिगत हप्तामा औसतमा ४८ हजार २ सय ४८ नयाँ कोरोना भाइरसबाट संक्रमित भएको तथ्यांकले देखाएको छ भने त्यो भन्दा अगाडीका हप्ताहरु भन्दा १२ प्रतिसतले कोभिड-१९ बाट संक्रमित भएको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।

अमेरिकामा हाल सम्म २ लाख १८ हजार ५ सय मृत्यु भएको भने ७८ लाख ७० हजार मानिसहरु संक्रमित भएका छन् । अहिले सम्म करिव ३२ लाख १५ हजार निको भै सकेका छन् ।

श्रोत :न्यूयोर्क टाइम्स

प्रतिक्रिया