मंगलबार, मंसिर ९ २०७७
काठमाडौं १७:५६
वासिङटन डिसी 07:11

डिसीमा भएको २ वटा गोलीकाण्डमा ३ जनाको मृत्यु

इनेप्लिज २०७७ असोज २५ गते ०:५० मा प्रकाशित

अमेरिकाको राजधानी वाशिंगटन डिसीमा भएको दुई वटा गोलीकाण्डमा ३ जनाको मृत्यु भएको छ । डिसी महानगर प्रहरीका अनुसार उक्त घटना शनिबार दिउसो भएको जनाएका छन ।

वाशिंगटन डिसीको उत्तरपूर्वमा करिव २ बजे तिर उक्त घटना घटेको हो । डिसीको १७०० सय भवन समूहको आर्भिंग स्ट्रिट(गल्ली) स्थित वुडब्रिज नेबरहुड पुस्तकालय नजिक पहिलो घटना घटेको थियो ।

उक्त गोलीकाण्ड पछि पुन: १० मिनेट पछि ४५०० भवन समूहको क्वार्ल्स स्ट्रिट (गल्ली)नजिक केनिलवर्थ छिमेकमा अर्का एक मानिसलाई गोली हानिएको थियो । उक्त व्यक्ति चोट पटक कारण पचि उनको निधन भएको प्रहरीले जनाएका छन ।

दुवै घटनाको अनुसन्धान भै रहेको प्रहरीले बताएका छन ।

श्रोत : डब्लुटिओपी

प्रतिक्रिया