बिहीबार, मंसिर १८ २०७७
काठमाडौं १७:०५
वासिङटन डिसी 06:20

कोलोराडोमा भएको बिरोध प्रदर्शनमा १ को मृत्यु,२ संदिग्ध पक्राउ

इनेप्लिज २०७७ असोज २४ गते २३:५५ मा प्रकाशित

अमेरिकाको कोलोराडो राज्यको डेनभरमा भएको बिरोध प्रदर्शनमा १ को मृत्यु भएको छ । डेनभर प्रहरीले यसै सिलसिलामा २ संदिग्धलाई पक्राउ गरेको छ ।

प्रहरी अधिकारीका अनुसार शनिबार उक्त घटना भएको हो भने उक्त गोलीकाण्ड डेनभरको कला संग्रहालय(आर्ट्स म्युजियम)नजिक रहेको एक उद्यान नजिक भएको हो ।

प्रहरीले प्रारम्भमा एक पीडितलाई अस्पताल भर्ना गरेको र अवस्था अज्ञात रहेको बताएका थिए । डेनभर प्रहरीले पछाडी हत्याबारेमा अनुसन्धान गरि रहेको जनाएका छन ।

शनिबार दिउसो दुईवटा बिरोध जुलुस डेनभरको सिभिक सेन्टर पार्कमा राखिएको थियो जुन म्युजियम(संग्रहालय)नजिक रहेको छ । एउटा कार्यक्रम जसलाई बिएलएम -एनटिफा सुप ड्राइभ भनिएको र उक्त कार्यक्रम डेनभर बामपन्थीहरुले आयोजना गरेका थिए भनि एबिसीले न्युजले जनाएको छ ।

अर्को समूह सामाजिक संजालका अनुसार प्याट्रीओट मस्टर र्याली (जुलुस) नामाकरण गरिएको जसलाई देशभक्‍त स्टानड अप र सो अप (सामना गर र पर्दाफास गर )भन्ने नारा सहित प्रवर्द्धन सामग्रीहरु फेला परेका थिए भनि प्रहरीले जनाएका छन ।

श्रोत/तस्बिर : एबिसी न्युज

प्रतिक्रिया