बिहीबार, मंसिर १८ २०७७
काठमाडौं १३:४१
वासिङटन डिसी 02:56

बाल्टिमोरमा बस चालकसंग बहस हुँदा गोली हानी हत्या गर्ने दुई जना पक्राउ

इनेप्लिज २०७७ असोज २४ गते १६:०३ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा बस चालकसंग बहस हुँदा गोली हानी हत्या गर्ने दुई जनालाई पक्राउ गरिएको छ । गत बिहिबार उक्त घटना भएको बाल्टिमोर प्रहरीले जनाएको छ ।

स्थानीय पत्रिका तथा बाल्टिमोर सनका अनुसार बाल्टिमोरका प्रहरी आयुक्तले यस शिलशिलामा २४ बर्षिय क्यामेरोन केन सिल्कोट तथा २७ बर्षिय निसेल निकोल ग्रिनलाई बिहिबार राती पक्राउ गरिएको जनाएका छन ।

घटना भएको स्थानबाट करिव ६ भवन समूहबाट उनीहरुलाई पक्राउ गरिएको छ । दुवैलाई प्रथम तथा द्वितीय श्रेणीको हत्या र आक्रमण तथा अन्य हातेबन्दुक उल्लङ्घन गरेको अभियोग लगाईएको छ ।

गत बिहिबार बिहान यात्रीयान चालक मार्कस पार्क्ससंग बहस हुँदा उनलाई गोली हानिएको मेरिल्याण्ड पारवहन प्रशासनले जनाएको छ । गोलीकाण्डमा एक पुरुष र एक महिला संलग्न रहेका थिए ।

समाचार तथा तस्बिर श्रोत :एपी/बाल्टिमोर सन

प्रतिक्रिया