प्रदेश न. १ मा आज ५५२ कोरोना सङ्क्रमित थप

इनेप्लिज २०७७ असोज २४ गते १३:२१ मा प्रकाशित

विराटनगर, २४ असोज।प्रदेश न. १ मा विगत २४ घण्टाको अवधिमा ५५२ जना कोरोना सङ्क्रमित थपिएका छन्।यो सङ्ख्या अहिलेसम्मको उच्च रहको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेशमा उक्त अवधिमा गरिएको एक हजार ६४२ जनाको पीसीआर परीक्षणमा १९४ महिला र ३५८ पुरुषमा पोजेटिभ पुष्टी भएको छ।

यसरी सङक्रमित हुनेहरुमा सुनसरीमा ३१०, मोरङमा १९०, झापामा २६, उदयपुरमा पाँच, धनकुटा र संखुवासभामा चार÷चार ,खोटाङ, इलाम, ताप्लेजुङ र ओखलढुङ्गामा एक÷एक र प्रदेश बाहिरका नौ जना रहेको मन्त्रालयले जनाएको छ।

सुनसरीको धरानमा २२० जनामा सङक्रमण देखिएकामध्ये ९१ महिला र १२९ पुरुष रहेका छन् भने सुनसरीकै इटहरीमा ५०, इनरुवामा २१, दुहवीमा सात, रामधुनीमा छ, बराहक्षेत्रमा तीन, देवानगञ्ज,भोक्राहानरसिंह र गढीमा एक÷एक, मोरङको विराटनगरमा १४५,बुढीगङ्गामा १३,सुन्दरहैचामा १४,कटहरी, धनपालथान र उर्लाबारीमा तीन÷तीन रङगेली, पथरीशनिश्चरे,ग्रामथानमा दुई÷दुई ,केराबारीमा एक र स्थानीय तह नखुलेका तीन जना रहेका छन्।

यस्तै झापाको विर्तामोडमा आठ,दमकमा सात, मेचीनगरमा छ, भद्रपुरमा तीन, कनकाई र गौरादहमा एक÷एक, उदयपुरमा त्रियुगामा चार, स्थानीय तह नखुलेका एक, धनकुटाको साँधुरीगढीमा तीन,स्थानीय तह नखुलेका एक, संखुवासभाको खाँदबारीमा चार, खोटाङको खोटेहाङमा एक, इलामको इलाममा एक, ताप्लेजुङमा एक र ओखलढुङ्गामा एक जना र प्रदेश बाहिरका नौ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेशमा हालसम्म सङ्क्रमित हुनेको सङख्या नौ हजार ८९२ पुगेको छ।प्रदेशमा आज ११ जना सङक्रमित निको भै घर फर्केका छन्।अहिलेसम्म निको हुने सङक्रमितको सङ्ख्या चार हजार ७८६ पुगेको छ।प्रदेशमा अहिलेसम्म एक लाख ३६ हजार ४१४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया