नेपालमा जनताहरु नै छैनन ।

राकेश कुमार शर्मा २०७७ असोज २४ गते १३:०९ मा प्रकाशित

नेपालमा जनताहरु नै छैनन । राजनीतिक पार्टीका कार्यकर्ताहरु मात्र छन । जनताहरु भएको मुलुकले प्रगति र उन्नति गरि दिन प्रतिदिन फड्को मारी मुलुकहरू विकसित भएको अवस्था छ । हाम्रो मुलुकमा पार्टी (दल) हरुका कार्यकर्ताहरु छन । यसकारण हामी नेपालीहरुले दु:ख नपाए कसले पाउँछ ? मुलुकमा जबसम्म जनताहरु हुँदैन तबसम्म मुलुकको हित, प्रगति र विकास हुँदैन । मुलुकमा विक्रम सम्वत २०५२ साल देखि २०६२/०६३ साल हुँदै आजसम्म भइरहेकोे घटनाक्रमहरु इतिहासकै गम्भीर र खतरापूर्ण भएता पनि सामन्य हुन । यो भन्दा बढी कष्ट र दु:खदायी जीवन झेल्नुपर्ने अवस्था आउँछ । यसकारण समयमा सचेत भइ वास्तविक जनता (नागरिक) हरु बन्न सिकौं । संघीयता अमेरिका, चाइना , जापान र भारत आदि आदि जस्ता भु- भाग , बढी हेक्टर भएको जग्गा ठुल- ठुला मुलुकहरुको लागि ठिक छ । हाम्रो मुलुक नेपाल भारतको बिहार प्रदेशमा पर्ने पटना जत्तिकै सानो छ यसकारण हाम्रो मुलुक लाई संघीयता चाहियो किन ?संघीयता अहिले प्रदेशमा भएका प्रदेश सभा सांसदहरु, मुख्यमन्त्रीहरु र मन्त्रीहरुका लागि मात्र हो छोटकरीमा भन्नुपर्दा कार्यकर्ताहरु पाल्न लाई मात्र संघीयता हो । संघीयता हाम्रो मुलुकका लागि घातक छ । तर यो कुराहरु बुझ्ने कसले ?

सोमालिया, अफगानिस्तान, सिरिया, सुडान, हाइटी र रुवाणडा जस्ता मुलुकको कष्टकर र दु:खद अवस्था हेर्नुहोस यस्ता मुलुक धेरै छन । मानिसहरू संग धन सम्पत्ति र पैसा छ तर अवस्था भने भोकमरी, कहालीलाग्दो र भयावह छ । मुलुक द्वन्द्व वा गृहयुद्धमा फसे सकेपछि यसबाट निस्कन धेरै गाह्रो हुन्छ । भोक र प्यासले समेत तडपिनु पर्ने हुन्छ । नगरी खाँउ नमरी जाँउ भन्ने अवस्था हुन्छ । बाँच्न खोजे बाँच्न सकिन्न मर्न खोजे मर्न सकिन्न अर्थात नमर्नु नबाँच्न सक्ने अपांग जस्तो जीवन हुन्छ । यसकारण समयमा ज्ञान र सदबुद्धि आउन आवश्यक छ ।

स्वतन्त्र नेपाली नागरिक: राकेश कुमार शर्मा । जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२

प्रतिक्रिया