मंगलबार, मंसिर ९ २०७७
काठमाडौं ०९:५२
वासिङटन डिसी 23:07

अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५७ हजार ,९९० जनाको मृत्यु

इनेप्लिज २०७७ असोज २४ गते ११:१८ मा प्रकाशित

अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्यामा पुन : वृद्धि भै ५७ हजार ४ सय २० पुगेको छ । कोभिड-१९ बाट मृत्यु हुनेको संख्या पुन :वृद्धि भै ९ सय ९० पुगेको जोन्स हप्किन्स बिश्व बिद्यालयले जनाएको छ ।

उक्त तथ्यांक गत शुक्रबार अक्टोबर ९ का दिन २४ घण्टामा लिइएको हो ।

अमेरिकामा हाल सम्म २ लाख १७ हजार ८ सय मृत्यु भएको भने ७८ लाख १७ हजार मानिसहरु संक्रमित भएका छन् । अहिले सम्म करिव ३१ लाख ८४ हजार निको भै सकेका छन् ।

श्रोत :जोन्स हप्किन्स बिश्व बिद्यालय/सिएनएन

प्रतिक्रिया