शनिबार, साउन ९ २०७८
काठमाडौं १८:२८
वासिङटन डिसी 08:43

अमेरिकामा डा. केसीको समर्थनमा चिकित्सक लगायत अन्य पेशा व्यवसायमा संलग्नहरुको धर्ना र अनसन जारी

इनेप्लिज २०७७ असोज २४ गते १:०६ मा प्रकाशित

 

अमेरिकामा रहेका स्वास्थ्यकर्मी, चिकित्सक, बैज्ञानिक तथा अन्य पेशा व्यबशायमा आबद्ध नेपालीहरुको नेतृत्वमा गत अक्टोबर ७ मा विश्वभरिका नेपालीहरुले डा. केसीको समर्थनमा धर्ना र अनसन गरेका छन ।

डा. सन्तोष सापकोटाको संयोजकत्वमा सुरु भएको कार्यक्रममा नेपाल, संयुक्त राज्य अमेरिका, क्यानाडा, साउदी अरब, कतार, पोल्याण्ड, जर्मनी, बेलायत, अस्ट्रेलिया तथा अन्य रास्ट्रहरुबाट २०० भन्दा बढिले सहभागी भई सत्याग्रह प्रति ऐक्यबद्धता जनाएका थिए ।

उक्त धर्ना र अनसन परोक्षको माध्यम(जुम)बाट भएको थियो । अहिले केही क्षणमा नेपालमा हुने कार्यक्रममा पनि सहभागिता जनाउने डा. सन्तोष सापकोटाले जनाएका छन् । डा. केसी जस्ता निष्ठावान व्यक्तित्वको अनसनलाई बेवास्ता गर्नु एउटा सभ्य समाजले कल्पना नै गर्न नसकिने हुँदा हामी नेपाल सरकारलाई डा केसीको जीवन रक्षा गर्नु हुन र उहाँका माग प्रति अझ थप जिम्मेवार हुन अनुरोध समेत गरेका छन् ।

छापा बिज्ञप्तिको पूर्ण पाठ जस्ताको त्यस्तै :

सर्व सुलभ स्वास्थ्य सुविधा पाउनु प्रत्यक नागरिकको नैसर्गिक अधिकार हो। नेपालका हरेक नागरिकले सर्व सुलभ स्वास्थ्य सुविधा पाउनु पर्छ भन्ने मागका साथ एकदशक भन्दा अघि देखिनै डा. गोविन्द केसी आफ्नो ज्यानलाई जोखिममा राखेर पटक पटक अनसन बसेको सर्व-विदितै छ। यसै क्रममा डा केसी अहिले १९ औं अनसनमा रहेका छन्।

डा.केसीले प्रत्येक नेपालीहरुको गुणस्तरीय स्वास्थ्य सुविधाका लागि गरेको यो त्याग दुर दराजका जनता देखि बिदेशमा रहेका दशौं लाख नेपालीहरुको मन जितेको छ। उनले राखेका सबै मागहरुका प्रत्येक बुँदाहरुमा हामी सबैको सहमत नहोला, तर आधारभूत स्वास्थ्य सुविधालाई विकेन्द्रीकरण गर्दै दुर्गम गाउँका जनतालाई पनि आधारभूत स्वास्थ्य सुविधाको प्रत्याभूति होस् भन्ने कुरामा सम्पूर्ण नेपालीको पूर्ण समर्थन छ।

यसै सन्दर्भमा संयुक्त राज्य अमेरिकामा रहेका स्वास्थ्यकर्मी, चिकित्सक, बैज्ञानिक तथा अन्य पेशा व्यबशायमा आबद्ध नेपालीहरुको नेतृत्वमा यहि अक्टोबर ७ मा विश्वभरिका नेपालीहरुले डा. केसीको समर्थनमा धर्ना र अनसन गरिएको जानकारी दिन चाहन्छौं। डा. सन्तोष सापकोटाको संयोजकत्वमा सुरु भएको यस कार्यक्रममा नेपाल, संयुक्त राज्य अमेरिका, क्यानाडा, साउदी अरब, कतार, पोल्याण्ड, जर्मनी, बेलायत, अस्ट्रेलिया तथा अन्य रास्ट्रहरुबाट २०० भन्दा बढि महानुभावहरुले सहभागी भई सत्याग्रह प्रति एक्यबद्धता जनाउनु भएको थियो।

आफ्नो पूर्ण जीवन सरकारी सेवामार्फत बिरामीहरुको सेवामा बिताएका डा केसीको जीवन रक्षा गर्नु हामी सबैको कर्तब्य हो। डा. केसी जस्ता निष्ठावान व्यक्तित्वको अनसनलाई बेवास्ता गर्नु एउटा सभ्य समाजले कल्पना नै गर्न नसकिने हुँदा हामी नेपाल सरकारलाई डा केसीको जीवन रक्षा गर्नुहुन र उहाँका माग प्रति अझ थप जिम्मेवार हुन हार्दिक अनुरोध गर्दछौं।

प्रगती घिमिरे,सन्जु तिमिल्सिना,प्रकाश पौडेल,तारा सिग्देल,राजेन्द्र प्रसाद पंगेनी,गणेश चौधरी,सन्देश पण्डित,रचना तिवारी ,अभिमा उप्रेती ,हेम प्रकाश चटौत ।

प्रेस बिज्ञप्ति Dr GKC

प्रतिक्रिया