आइतबार, कार्तिक ९ २०७७
काठमाडौं ०२:३९
वासिङटन डिसी 16:54

टेक्ससमा हुने दशैँ कपमा नेपालका पूर्व राष्ट्रिय खेलाडी बसन्त थापालाई सम्मान गरिने

विजय थापा २०७७ असोज २४ गते ०:३३ मा प्रकाशित

डिसी । अमेरिकाको टेक्सस राज्यको ड्यालसमा हुने ९ औ दशैं कप भकुण्डो प्रतियोगितामा यस बर्ष नेपालका पूर्व राष्ट्रिय खेलाडी बसन्त थापालाई सम्मान गरिने भएको छ । हाल थापाको बसोबास फ्लोरिडामा परिवार साथ रहेको छ ।

थापा नेपालमा मनाङ्ग मर्स्याङ्गदी क्लबमा लामो समय खेलेका र नेपालको राष्ट्रिय टोलीमा अग्रपंक्तिका खेल्ने चर्चित खेलाडी हुन् । नवौ दशैं कप भकुण्डो प्रतियोगिता अक्टोबर १७ का दिन हुने भएको छ । गत बर्ष सेप्टेम्बर २८मा सुरु भएको थियो भने यस बर्षको बिजया दशमी अक्टोबर २६ का दिन परेको छ ।

ड्यालस गोर्खाज फुटबल (भकुण्डो )टोलि संयोजक बिष्टले हरेक बर्ष खेलकुद क्षेत्रमा बिशेष योगदान गर्नु हुने एक खेलाडीलाई सम्मान गर्ने कार्यक्रमलाई अन्तर्गत बसन्त थापालाई यस बर्ष सम्मान गरिने बताए ।

बिगतमा नेपालका पूर्व राष्ट्रिय खेलाडी प्रशान्त गिरी ,देव नारायण चौधरी ,सुनिल तुलाधरलाई सम्मान गरि सकिएको छ ।

कोरोनाको महामारीमा पनि बिगत बर्ष झैँ यस प्रतियोगितालाई निरन्तरता दिएको छ । अमेरिकाको टेक्सस राज्यको ड्यालसमा बिगत ९ बर्ष देखि संचालनमा रहेको यस बर्ष नवौ दशैं कप भकुण्डो प्रतियोगिता १ दिन हुनेछ ।

नवौ दशैं कप भकुण्डो प्रतियोगिताको आयोजक ड्यालस गोर्खाज फुटबल टिम(भकुण्डो टोली) रहेको छ । हरेक बर्ष नेपालीहरुको महान चाड बडा दशैंको उपलक्ष्यमा दशैँ अगाडी आयोजना गरिन्छ ।

बिजयी हुने समूहलाई नगद तथा पुरस्कार समेत गरेर कुल ५ हजार डलरको व्यवस्था गरिएको छ । उक्त दशैँ भकुण्डो प्रतियोगितामा ३५ बर्ष माथिका खेलाडीहरुको पनि प्रतियोगिता रहने छ ।

३५ बर्ष भन्दा माथि उमेरको टोलि बिजेताले १ हजार डलर र उप बिजेताले ५ सय डलर प्राप्त गर्ने छन् । अर्को समूहका खेलमा बिजेताले २ हजार ५ सय डलर नगद तथा पदक प्राप्त गर्ने छन् भने उप बिजेताले १ हजार डलर नगद तथा पुरस्कार प्राप्त गर्ने छन् ।

यो प्रतियोगिता ५ का बिरुद्ध ५ अर्थात् ५ भर्सेज ५ शैलीमा खेल खेलाइने छ ।

प्रतिक्रिया