“किन ल्याएको त्यो खेलौना त्यत्रो पैसा तिरेर ?” शिलाले संजयलाइ प्रश्न गरी । हो,आजकल बजारमा पाइने बाल खेलौना सँग संजयको गहिरो दोस्ती भएको छ। अफिस बाट फर्कदा उसका नजरमा परेका हरेक बाल खेलौनाहरु उसका नियमित सपिङ्ग भएका छन्।प्रति उत्तरमा ,संजयको केही जवाफ आएन।बैठक कोठा अगाडिको सानो कोठा खोल्यो र त्यसमा एक थान गुडिया थप्यो। कोही नयाँ प्रवेशीको त्यस कोठामा नजर पर्दा प्रायस आश्चर्य चकित हुन्थे,किनकी त्यो कोठा कुनै सपिङ्ग महलको गुडिया सेक्सन भन्दा फरक थिएन।बालपन लाइ आकर्षण गर्ने हरेक खेलौनाहरु ,यत्र तत्र छरिएका थिए।संजयको खेलौना संकलन अभियान गत छ महिना देखि तनिकै बढ्न थालेको थियो ।
शीला, साच्चिकै कुनै कलाकारले बर्षौ लगाएर कुदिएको तस्वीर जस्तै अत्यन्त सुन्दर नारी थिई।स्कूल,कजेल वा कुनै सामुहिक जमघट कहिँ पनि शिलाको सुन्दर रुपमा नजर नलाउने विरलै भेटिन्थे।यही सुन्दर मोहनी रुपमा परेर संजयले शिला लाइ पाँच बर्ष अघि आफ्नो बनाएको थियो।संजय सम्पन्न परिवारको एक्लो सदस्य थियो भने शीला मध्यम परिवारको।अन्तर जातीय विवहा त्यसमा पनि असमान आर्थिक हैसियतका बीच पनि शीला र संजयको वैवाहिक बन्धन सागर जसरी बगीरह्यो।न कुनै भेल आयो, न कुनै लहर नै।
धन सम्पतिको कुनै कम थिएन।घरमा कामगर्ने सहयोगी हरु थिए।शीलाको दिनचर्या सामान्य गृहणीकै जस्तो थियो।संजय अफिस समाप्ति पछि शिलाकै साथ हुन्थ्यो।बिदाको दिन घुमाघाम गर्ने तथा मठ मन्दिर जाने कार्य नियमित रुटिङ्ग जस्तै थियो।सप्तरङ्गी जीवनका भोगाइहरु रोमान्चित परिवेशमा नै घुमिरहेको थियो ।
तर एकदिन साथीको पाटीमा रमाइलो गरिरहदा अनायस कसैले गरेको प्रश्नले संजयको जीवनको खुशीमा बेचैनी थपिदियो।प्रश्न थियो “तपाइका बालबच्चा कति छन् ?”
हो ,थाहै नपाइ बैबाहिक जीवनले पाँच वर्ष काटिसकेछ।शुरुका तिन वर्षमा लभ म्यारिज गरेको युगल जोडी रमाइलोमा नै वित्यो।पछिल्ला वर्षहरुमा बच्चा प्रतिको आकर्षण नभएको पनि होइन।तर खै। इश्वरीय बरदान कसैको रहर अनुसार पूर्ति नहुने रहेछ ।
समय वित्दै गयो।ती भद्रको प्रश्नमा अनुत्तरित हुँदाको पीडामा संजय पूरा डुब्न थाल्यो।यीबीचमा ती जोडीले सन्तानका लागि डाक्टर ,बैध,मठ,गुम्बा मन्दिर,धामी झाक्री सबै सँग सहयोगको याचना नगरेका पनि होइनन्।तर खै । शीलाको कोख माथी परेश्वरको कृपा हुन सकेन।संजयका मुहारमा निराशाका किरणहरु यु्द्ध स्तरमा बढ्न थाले।मानसिक तनाव कम गर्नमदिराको सहारा लिन थाल्यो।अफिस घर मात्र दैनिकी रहेको संजयको दिनचर्या रातकोकतिबजे विश्राम लिने कुनै ठेगान भएन।मदिरा पानमा उसको दैनिकी बढ्दै गयो।संजयको दैनिकमा आएको परिवर्तन देखेर पारिवारिक सबै सदस्यहरु समेत चिन्तित देखिन्थे।
सासुआमाले त विहेकै सालमा नाति नातिना खेलाउने रहर नगरेकी होइनन्।समस्याको समाधान भनेकोघरमा बाल सुलभ भित्राउनु थियो।नत्र हीनता बोधका कारण संजयको भौतिक जीनवको पर्दा छिट्टै उत्रिने छाँट काट देखि सकेको थियो।शिलाको दैनिक पूर्ण तनावमा वितिरहेको थियो।आफूले जीवनमा सबै भन्दा मन पराएको मान्छेको गति अस्ताउदो सूर्य जस्तै तेज हीन हुदै गएकोमा शीला के गर्ने के नगर्ने दोधारमा थिइ।कसैको जीवनको पर्दा जोगाउन उसले उसको पर्दा त्यात्नु पर्थ्यो भन्ने शीला लाइ राम्ररी थाह थियो।किनकी डाक्टरी रिपोर्ट अनुसार कमजोरी शिलाको नभइ संजयको थियो।छलफलका क्रममा कतिचोटी धर्म सन्तानका बारेमा पनि शिलाले संजयलाइ मनाउने कोशिष नगरेकी होइन तर पुरुषत्वको घमण्डमा संजय त्यस प्रश्तावलाइ सिधै नकार्थ्यो।
दिनहरु वित्दै गयो संजयको दैनिकीमा सन्तानको भुतले च्याप्दै गयो।अब त उसले अफिस जान पनि छोड्यो।नशामा नै जीवन, सन्तान देख्न थाल्यो।कुन दिन कुन रात केही फरक हुन छोड्यो।मदिरा पियर गाडी चलाउला केही समय अगाडि भएको दुर्घटना बाट उसको दाँया हात राम्ररी चलाउन नसक्ने भएको छ।आजकल उसको राइडको काम उसको मिल्ने साथी रोहनको भएको छ।
रोहन संजयको असाध्यै मिल्ने साथी थियो । तीन वर्ष अगाडि क्यानाडाको स्थायी आवासियभिषामा ऊ र उसको परिवार क्यानाडा तिर लागेको थियो । हाल उसको श्रीमती र दुइ बच्चाक्यानाडामानै छन् भने रोहन, पारिवारीक भेटगाट तथा ब्यवहारिक कारणबाट गत तीन महिना देखीयतै बस्दै आएको थियो । संजयलाई हिडडुल देखि लिएर मानसिक रुपमा समेत माथि उठाउनेप्रायस रोहनले पनि नगरेको होइन तर संजयको सपनामा रोहनको भरोसा केवल अर्थ हिन थियो ।संजयको बाल आकर्षण यति बढ्दै गयो कि अब ऊ सडकमा हिडेका वाल वालिकालाइ समेतउठाउँदै म्याँइ खान थाल्थ्यो । रोहनको एक्लो पन संजयलाइ सहाराको जरुरतका कारण केहीसमय देखि संजय र रोहनको आइजाइ निकै बाक्लिएको थियो । शिला ती सृखलाहरुमा कहिलेसामेल हुथ्थी कहिले एक्लै टोलाउँथी ।
दिनहरु वित्दै थिए।एक मध्यरात आकाशमा ठूलो चट्याङ सहित मुलसधारे पानी पर्दै थियो।शिलाको निन्द्रा खुल्यो।यसो बेडमा पल्टेर हेरी संजय अझै आएको थिएन।विगत केही दिन देखि त संजयको बद्लिएको जीवनका कारण ऊ कुर्न समेत छोडी सकेकी थिइ ।संजय रातको कति बजे आँउथ्यो ? कहिले सुत्थ्यो ? कुनै पत्तो थिएन।सोच्दा सोच्दै शिलाका कानमा लर्वराएका स्वर सहित अर्धचेतन संजयको प्रवेशको भान भयो। शिला उठेर तल बैठकमा झरी संजय पूर्णअपाङ्ग जस्तो रोहनको काँधमा मुन्टो राख्दै बोल्दै थियो “हुन्छ हुन्छ नभएर हुन्छ, मेरो पनि हुन्छ ,म पनि बाबु बन्छु” मातृवात्सल्य जस्तै कारुणिक स्वर निकाल्दै संजय अर्घचेतन भयो।मदिराको नशाले लठ्ठ संजय लाइ ,शिला र रोहनले बडो मुस्किलले भ्याङ्ग माथि बेड रुम सम्म पुर्याय।रोहनले पनि नपिएको त थिएन तर ऊ पूर्ण कन्ट्रोल नै देखिन्थ्यो।खासै संवाद भएन रोहन रशिला बीच।विदा लिइ तल झर्यो। ढोका बन्द गर्न शिला पनि सँगै तल झरी।बाहिर मुसलधारे पानी परिरहेको थियो ।रोहन बाहिर निस्कने उदेश्यका साथ ढोका तिर बढ्यो,शिला पछि पछि।ढोकै छेऊ पुग्दा फेरि आकाशमा ठूलो चट्यांग पर्यो,विजुली चम्क्यो।अकास्मात घरका विजुली बत्तीहरू पावर अफ भए। निश्पट्ट अन्धकार भयो।अनायस शिलाको हात रोहन माथि पर्यो।रोहनको गति रोकीयो।रातको निश्पट्ट अध्यारोमा चट्यांगको आबाज सँगै दुबैले दुइ बीच भएको दूरी घटाउदै लगे।पलभरमा नै रोहन र शीला थाहै नपाइ एक अर्काको अङ्गालोमा बेरिसकेका थिए।बाहिर बादल र आकाश बीचको युद्ध बाट भारी बर्षा भइ रहेको थियो।संजय माथि बेडरुममा सपनामै युद्ध गरिरहेको थियो। करीव दश मिनेटको परिस्थिति जन्य प्रेमिल युद्ध पश्चात शिला र रोहन दुबै पश्चाताप मुद्रामा थिए।तर आवाज कसैको निस्कन सकेन। किन भयो, कसरी भयो,दुबै अनुउत्तरित थिए।बाहिर पानी पर्न केही कम भयो।रोहन बाहिर निस्क्यो।शिलाले बिना प्रति उत्तर ढोका लगाइ।त्यसरात ,कसैको जीवनको पर्दा बन्द नहोस् भन्नाका खाँतिर शिलालेआफ्नो पर्दा उतारेकी थिइ।मनमा मिश्रीत अन्त्ररद्वंद थियो शीलाको।आफ्नो पर्दा उत्रेको दुखी थिइ तर कता कता कोख भराइको आशमा रोमान्चित हुन्थी।
समय आफ्नै गतिमा बढि रहेको थियो।आज पर्दा अथार्त संजयको छोरीको पास्नी हो। होटल ह्यातमा ठूलो पाटी चलिरहेको छ।संजय आफ्नो मुटुका टुक्रा अर्थात नयाँ सन्तान छातिमा लगाएर हिडिरहेको थियो। शीला आफ्नो सहेली नाता कुटुम्बको बधाइ खाइ रहेकी थिइ।पार्टीका सहभागीहरु आ आफ्नै सहपाठीहरु सँग रमाइ रहेको देखिन्थियो । कसैका हातमा वियरका ग्लाँस थिए त कसैका जुसका।माहोल उमङ्गमा साथ चलि रहेको थियो।त्यसै बीच एक चिरपरिचित पाहुना थपियो रोहन। संजयको हर्षको सीमानै थिएन।रोहनलाइ देख्ने बित्तिकैअङ्गालो मार्यो र मित्रताको भाव पस्क्यो।रोहन गभ्भीर थियो।पर्स बाट ५०० को नोट निकाल्यो र बच्चाको पहिलो मुख देखाइ गर्यो।वेटरले ल्याएको एक व्हिस्की लिदै भीड छेड्दै एक कुनामा उभियो र शीला कता छिन नजर घुमायो।संजय लाइ भ्याइ नभ्याइ थियो।निम्तालुहरु आउने क्रम चल्दै थियो। शीला यता उता गर्दै थिइ।अनायस रोहनको नजर शिला माथि पर्यो।शिलाको नजर पनि रोहन माथि। त्यस रातको विना योजना घटेको घटनाका साक्षी रोहन र शीला बीच,त्यस पछिका दिनहरुमा भेट भएन । किनकी त्यसको भोलि पल्टनै रोहन क्यानाडा तर्फ उडेकोथियो। शिला लज्जा बोध गर्दै रातो भई। रोहन पनि केही शर्मायो। कयौ पटक दुबै बाट बीचका दिनमा फोन,फेसबुक, भाइवर,म्यासेन्जर आदि बाट सूचना आदन प्रदान गरु भन्ने नलागेको पनि होइन तर खै के भएर हो ब्यवहारिक भएको थिएन । दुबैले भेटका अभिवादन गरे । “अनि भाउजू बच्चाको नाम चाहि के राख्नु भयो त” रोहनले अलि अप्ठारो मानी सोध्यो । “पर्दा”शिलाले मन्द मुस्कान सहित जवाफ दिइ । किन,त्यो नामको केही अर्थ छ कि ? रोहनले प्रश्न तेर्स्यायो। हो पर्दा,यसले कसैको जीवनको मृत्यू पथको पर्दा बन्द गरेको छ भने कसैको जीवनको अस्मिता नाङ्गो ।ऊ हेर त पर्दा र पर्दाका बाबा कति खुशी छन् संजय तर्फ इसारा गर्दै शिलाले भनी । संजय आफ्नै धुनमा पर्दा लाइ छाति भरी राख्दै घुम्दै थियो आगन्तुका बीचमा । कर्नर बाट रोहन र शिला निहाल्दैथिए ।प्यारी छोरी “पर्दा ,पर्दा,पर्दा” ।
दीपक पन्त
मिल्वाकी,अमेरीका
प्रतिक्रिया