मंगलबार, मंसिर १६ २०७७
काठमाडौं २०:२४
वासिङटन डिसी 09:39

मिसिगनकी गभर्नर ग्रेचेन व्हाइटमरलाई अपहरणको योजना बनाउने १३ जना पक्राउ

इनेप्लिज २०७७ असोज २३ गते ११:०५ मा प्रकाशित

अमेरिकाको मिसिगन राज्यकी महिला गभर्नर ग्रेचेन व्हाइटमरलाई अपहरणको योजना बनाउने १३ जनालाई पक्राउ गरिएको छ । उक्त योजना विफल भएको छ भने उनलाई अपहरण गराउने योजनाकारहरुलाई पक्राउ गरिएको संघिय तथा राज्यका अधिकारीहरुले जानकारी गराएका छन् ।

छ जना व्यक्तिलाई अपहरणको षडयन्त्रको आरोपमा संघीय रुपमा अभियोग लगाइएको छ । यसै गरि भने मिलिशिया (रक्षक योद्धा)समूह “वोल्वरिन वाचम्यान ‘ संग सम्बन्धित ७ अन्य व्यक्तिलाई आरोप लगाइएको मिशिगन महान्यायाधिवक्ता डाना नेसेलले बताएका छन् ।

कानून प्रवर्तन अधिकारीहरूका अनुसार योजनाकारहरुले घर ठेगाना पहिचान गर्न कोशिस गरेको, गृहयुद्ध उक्साउने उद्देश्यले हिंसाको धम्की दिएका र हमला गर्ने अभियानको लागि योजना र प्रशिक्षणमा संलग्न भएको बताएका छन् ।

“मिशिगनको क्यापिटल भवन र मिशिगनका गभर्नर लगायत सरकारी अधिकारीहरुलाई अपहरण गर्ने,” समेत योजना रहेको नेसेलले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।

नेसेलले गत बिहिवार विचित्र योजना सम्बन्धित ७ व्यक्तिहरु बिरूद्ध अभियोगको घोषणा गरेका छन् । उनीहरुलाई १९ वटा राज्य अपराधको आरोप लगाइएका छन्, जसमा आतंकवादी गतिविधिलाई सामूहिक सहयोग प्रदान गर्ने देखि लिएर अरूलाई गिरोहको सदस्यता सम्म बनाउने सम्बन्धित आरोप छन ।

षडयन्त्रकारीहरुमा २१ बर्ष देखि १५ बर्षका व्यक्तिहरु रहेका छन ।

श्रोत :सिएनएन/न्यूयोर्क टाइम्स

प्रतिक्रिया