सोमबार, साउन १८ २०७८
काठमाडौं १०:४३
वासिङटन डिसी 00:58

भर्जिनियामा रेल यात्रामा बलात्कारको प्रयास गर्ने संदिग्ध पक्राउ

इनेप्लिज २०७७ असोज २३ गते २:०५ मा प्रकाशित

भर्जिनियाको रेलमा बलात्कारको प्रयास गर्ने संदिग्ध व्यक्ति पक्राउ परेका छन । गत मंगलबार अक्टोबर ६ का दिन बिहान उक्त पक्राउ परेका व्यक्तिले बलात्कारको प्रयास गरेका थिए । र प्रहरीका अनुसार उक्त व्यक्ति भर्जिनिया रेस्टन शहरको भएको पुष्टि भएको छ ।

२१ बर्षिय केन्ड्री रोबर्ट्स मोन्टीक्यु नामक व्यक्तिलाई बिहिबार अक्टोबर ८ का दिन कुनै घटना बिना पक्राउ गरिएको छ । उनलाई अपराधिक गतिबिधि गरेको आरोप लगाईएको छ ।

भर्जिनियाको सिल्भर लाइनमा यात्रा गरि रहेको समयमा मक्लिन र पूर्व फल्स चर्च बीचमा ११:३० बजे उक्त घटना भएको थियो । उनि रेस्टन शहर स्थित विलि रेस्टन स्टेसनबाट चढेका थिए । उक्त पीडित महिला आफ्ना बच्चासंग यात्रा गरि रहेको समयमा उनले यौन आक्रमण गरेका थिए ।

महिला त्यहाँबाट भाग्न सफल भए पछि प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरीका अनुसार उक्त संदिग्ध व्यक्ति फगी बटम स्टेसन(चौकी)मा झरेका थिए ।

श्रोत : डब्लुटिओपी

प्रतिक्रिया