गायक रमण रेग्मीको “ मेसो पा छैन“ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

इनेप्लिज २०७७ असोज २२ गते ११:४२ मा प्रकाशित

गायक रमण रेग्मीको “ मेसो पा छैन“ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । संगीतकार हरि लम्सालको रचना ,संगित र एरेन्ज रहेको उक्त म्युजिक भिडियोको निर्देशन गम्भिर बिष्ट गरेका छन् ।

गीतमा गायक रमण रेग्मी र मेलिना राईको सुमधुर स्वर रहेको छ । सविना कुवर रेग्मीको निर्माण रहेको उक्त भिडियोमा कलाकारहरु पुष्प खड्का र उषा उप्रेतीले बेजोड मोडलिङ् गरेका छन्।

डि एम लिगल अस्ट्रेलिया र इन्स्टा एजुकेसन एण्ड भिसा सर्भिसको स्पोन्सर रहेको उक्त म्युजिक भिडियोको सिनेमाटो ग्राफि नवराज उप्रेती र उनको टिमले गरेको हो।सानै उमेर देखी नै गीत संगीत क्षेत्रमा रमाउदै आएका लोकप्रिय गायक रेग्मी ‘हुन्छ नि बैशमा मुटु साटौ लाग्ने’ ‘ घर त लगनखेल ‘ गीतले चर्चा पाईसकेको छ।

प्रतिक्रिया