शनिबार, मंसिर २० २०७७
काठमाडौं २३:१९
वासिङटन डिसी 12:34

अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्यामा वृद्धि भै संक्रमित संख्या ५२ हजार ,९९४ जनाको मृत्यु

इनेप्लिज २०७७ असोज २२ गते १०:४५ मा प्रकाशित

अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्यामा पुन : वृद्धि भै ५२ हजार ५ सय २३ पुगेको छ । कोभिड-१९ बाट मृत्यु हुनेको संख्या पुन :वृद्धि भै ९ सय ९४ न्यू योर्क टाइम्सले जनाएको छ ।

गत हप्तामा औसतमा दैनिक ४५ हजार ६ सय ४४ नयाँ संक्रमित भएको तथ्याँकले देखाएको छ । गत दुई हप्ता अगाडी भन्दा ९ प्रतिसतले वृद्धि भएको छ ।

उक्त तथ्यांक गत बुधबार अक्टोबर ७ का दिन २४ घण्टामा लिइएको हो । अमेरिकाका ५० राज्यहरु मध्ये आधा राज्यहरुमा संक्रमितको संख्या वृद्धि भएको छ ।

अमेरिकामा हाल सम्म २ लाख १५ हजारको मृत्यु भएको भने ७७ लाख मानिसहरु संक्रमित भएका छन् । अहिले सम्म करिव ३१ लाख ५८ हजार निको भै सकेका छन् ।

श्रोत :जोन्स हप्किन्स बिश्व बिद्यालय/न्यू योर्क टाइम्स

प्रतिक्रिया