मंगलबार, कार्तिक ११ २०७७
काठमाडौं १८:४४
वासिङटन डिसी 08:59

मेरिल्याण्डमा महामारीको समयमा छुरी देखाई बैंक डकैत गर्ने एक नेपाली पक्राउ

इनेप्लिज २०७७ असोज २२ गते ०:४९ मा प्रकाशित

 

अमेरिकाको मेरिल्याण्ड राज्यमा महामारीको समयमा छुरी देखाई बैंक डकैत गर्ने नेपाली पक्राउ परेका छन् । मेरिल्याण्ड राज्यको मोन्टगोमेरी काउन्टीका प्रहरीले गत मंगलबार अक्टोबर ६ का दिन छुरी प्रयोग गरि डकैत गरेकोमा उनलाई गिरफ्तार गरिएको जनाएका छन ।

३० बर्षिय सम्राट लामाले मेरिल्याण्ड राज्यको गेथसबर्ग स्थित फ्रेडेरिक एभेन्यु(मार्ग)मा बिहानै १० बजे डकैत गरेका थिए । लामाले कर्मचारीलाई बचत खाता खोल्छु भनेका थिए ।

उनले त्यस पछि पुस्तक बोक्ने झोलाबाट चक्कु देखाई पैसा मागेका थिए । जव कमर्चारीले उनलाई पैसा दिए पछि उन्ल फोहोर टोकरीमा फ्याकेका थिए। त्यस पछि उनि ड्राईभ थ्रु (झ्यालबाट ) गएर अझ पैसा मागेका थिए भनि प्रहरीले बताएका छन ।

जव उनि बैंकको मूलद्वारमा आए पछि उनलाई प्रहरीहरुले पक्राउ गरेको थिए । लामालाई हातहतियार सहित डकैत,प्रथम श्रेणीको आक्रमण र दोश्रो श्रेणीको आक्रमणको आरोप लगाइएको राज्यको अदालतको अभिलेखले उक्त कुरा जनाएको छ ।

उनि आगामी नोभेम्बर १३ का दिन अदालत हाजिर हुने भएका छन् ।

श्रोत :बेथेस्डा म्यागाजिन डटकम

प्रतिक्रिया