शुक्रबार, मंसिर १२ २०७७
काठमाडौं २३:०९
वासिङटन डिसी 12:24

जि पि के फाउण्डेशन अमेरिकाले पच्चीसौँ पटक निशुल्क दुग्धजन्य पदार्थहरू र फ्रोजन चिकेन वितरण गर्यो।

इनेप्लिज २०७७ असोज २१ गते २१:०८ मा प्रकाशित

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले बुधवार अक्टोवर ७, २०२० का दिन निशुल्क खाधन्न वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। निशुल्क खाधन्न वितरण कार्यक्रम न्युयोर्क शहरको क्वीन्स बोरो स्थित विभिन्न संघ-सस्थाहरु मार्फत गर्यो। पच्चीसौँ पटकको निशुल्क खाधन्न वितरण आजै दिउँसो को ३ बजे सम्पन्न भयो।

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले रिभर फण्ड का मुख्य उत्पादन अधिकारी डा.ओट्टो स्टार्जमेन सँग सहकार्य गरी ५७६ बक्स निशुल्क दुग्ध जन्य पदार्थहरू,फ्रोजन चिकेन र फलफुल वितरण गरेको यसै फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरे जानकारी गराउनु भयो।

गिरिजाप्रसाद कोईराला फाउण्डेसन अमेरिकाले न्युयोर्कको क्वीन्समा रहेका संघ संस्थाहरु क्रमश: युनाईटेड शेर्पा एसोसिएसन अमेरिकाका उपाध्यक्ष फुर्वा शेर्पा मार्फत १४४ बक्स, ने.काँ. युवा नेता अनिल पाण्डे मार्फत १४४ बक्स, ने.का. युवा नेता भोज राज ठोक्कर मार्फत १० बक्स,पल्जु शेर्पा मार्फत १० बक्स, वर्ल्ड कनेक्सन यु.एस.ए.ईन्कका अध्यक्ष आङ गेलु शेर्पा मार्फत ७ बक्स, तिब्बतीयन कम्युनिटि एन वाइ-एन जे की तेन्जिन टिस्याङ मार्फत ९६ बक्स, तमु परिवार अमेरिका- न्युयोर्कका मनिता गुरुङ मार्फत ७२ बक्स र व्यक्तिगत लाईनमा वितरण ९३ बक्स निशुल्क दुग्धजन्य पदार्थहरू, फ्रोजन चिकेन र फलफुल गिरिजाप्रसाद कोईराला फाउण्डेसन अमेरिकाले वितरण गरेको थियो।

फाउन्डेसनको निःशुल्क खाधन्न वितरण कार्यक्रममा तन,मन र बचन दिएर क्रमशः उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवं समुदाय सम्बन्ध निर्देशक छिरीङ्ग राप्के लामा, केन्द्रीय सदस्य राम चन्द्र अधिकारी र केन्द्रीय सदस्य सूर्य सीमखडा खटिएका थिए भने स्वयंसेवीहरु ने.का. युवा नेता क्रमशः पंकज सुब्बा,अनिल राज पाण्डे, प्रेमलाल बुढा मगर,विमल रोक्का,लक्ष्मण पुन,राम अधिकारी,प्रधुम्न रायमाझि, कुमार खडका,नारायण भट्टराई,राजु घर्ती, माधव जोसी र यसै फाउण्डेशनकी महिला सदस्य मुना भण्डारी के.सि. लगायत खटिएका थिए ।

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले रिभर फण्डका मुख्य उत्पादन अधिकारी डा. ओट्टो स्टार्जमेन लाई धन्यवाद एंव आभार प्रकट गर्दछ।

प्रतिक्रिया