शनिबार, साउन ९ २०७८
काठमाडौं २१:११
वासिङटन डिसी 11:26

अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४३ हजार, ७०५ जनाको मृत्यु

अमेरिकाका ५० राज्यहरु मध्ये आधा राज्यहरुमा संक्रमितको संख्या वृद्धि

इनेप्लिज २०७७ असोज २१ गते १०:३९ मा प्रकाशित

अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४३ हजार ५ सय ६२ पुगेको छ । कोभिड-१९ बाट मृत्यु हुनेको संख्या पुन वृद्धि भै ७ सय ५ जोन्स हप्किन्स बिश्व बिद्यालयले जनाएको छ ।

उक्त तथ्यांक गत मंगलबार अक्टोबर ६ का दिन २४ घण्टामा लिइएको हो । अमेरिकाका ५० राज्यहरु मध्ये आधा राज्यहरुमा संक्रमितको संख्या वृद्धि भएको छ ।

अमेरिकामा हाल सम्म २ लाख १४ हजारको ९ सय मृत्यु भएको भने ७६ लाख ७४ हजार मानिसहरु संक्रमित भएका छन् । अहिले सम्म करिव ३१ लाख ३९ हजार निको भै सकेका छन् ।

श्रोत :जोन्स हप्किन्स बिश्व बिद्यालय/सिएनएन

प्रतिक्रिया