सोमबार, साउन १८ २०७८
काठमाडौं १२:०९
वासिङटन डिसी 02:24

फ्लोरिडामा जनगणना लिने व्यक्ति घर आउँदा ,बन्दुकले ताकेको कारण घरपेटी पक्राउ

इनेप्लिज २०७७ असोज २१ गते १:५३ मा प्रकाशित

अमेरिका भर जन गणनाको लागि घर दैलो कार्यक्रममा हिडेका व्यक्तिलाई फ्लोरिडामा बन्दुक ल्याउदा घरपेटी फन्दामा पारेका छन । उनलाई प्रहरीले पक्राउ गरेको छ । गत सोमबार ३२ बर्षिय माइकल कुपर भने व्यक्तिले जनगणना लिने जोनी स्विनेलाई हतियार सहित धम्कि दिएकोले उनलाई पक्राउ गरिएको हो ।

उक्त व्यक्तिका छिमेकीका अनुसार जनगणना लिने व्यक्तिले स्पष्ट रुपमा देखिने बिल्ला लगाएर कुपर घर अगाडीको पेटीमा बसि रहेका थिए ।

उनले उक्त व्यक्तिलाई चिच्याएर गै हाल भनेका थिए । त्यसपछि उनि घर गए र आक्रमण शैलीको हतियार लिएर आए । त्यसो भए पछि जनगणना लिने स्वीने आफ्नो गाडीमा फर्किए ।

गाडीमा आफ्नी पत्नीका साथ आएका स्विनेकी पत्नी निकोलका अनुसार आफ्नो बन्दुकमा गोली भरि उनका पतिको पछाडी ताकेको बताईन । गाडीमा चढे पछि उनले अज्ञात स्थलमा गोली हानेको घटनको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

तर कुपरले उनले जन गणनाका व्यक्तिले अनधिकार प्रवेश गरेको आरोप लगाए । र उनले बिल्ला लागेको नदेखेको बताए । उनका अनुसार जनगणना लिने व्यक्तिले नगए पछि भुईमा गोली हानेको कबुलेका छन् ।

कुपरलाई घातक हतियारको प्रयोग गरेको आरोपको सामना गर्ने छन् ।

श्रोत :एपी

प्रतिक्रिया