सोमबार, साउन १८ २०७८
काठमाडौं ०१:१६
वासिङटन डिसी 15:31

भर्जिनियामा आमालाई छूरी प्रहार गर्दा मृत्यु,छोरी पक्राउ

इनेप्लिज २०७७ असोज २१ गते १:०६ मा प्रकाशित

भर्जिनिया राज्यको स्पोटसिलभेनिया काउन्टीमा आफ्नी बृद्ध आमालाई चक्कु प्रहार गर्दा मृत्यु भए पछि छोरीलाई पक्राउ गरेको छ । प्रहरी अधिकारीहरुले अझ सम्म पनि हत्या गर्नुको उद्धेश्य पत्ता लगाएका छैनन ।

५७ बर्षिय लिजा एन हार्मन नामकि महिला जस्लाई लिसा एन हग्सले चिनिन्छ । उनले आफ्नी आमा ७३ बर्षिय सोफि रुमुलीलाई छुरा प्रहार गरि हत्या गरेकोमा दोश्रो श्रेणीको हत्याकॉ आरोप लगाईएको छ ।

गत सोमबार अक्टोबर ५ सोमबारका दिन साँझ ६ बजे घरमु उक्त घटना घटेको थियो । उक्त स्थानको प्लानटेसन फोरेस्ट ड्राइभमा बृद्ध महिलालाई बहु आक्रमण गरिएको प्रहरीले जनाएका छन् ।

मृत महिलाका पति जव घर आए,आफ्नी पत्नी मृत अवस्थामा फेला पारेका थिए । पतिले हत्यारा तुरुन्तै पत्ता लगाएको प्रहरीले जनाएका छन् । छोरीलाई रापा हानक क्षेत्रीय कारागारमा राखिएको छ ।

श्रोत :प्याच डटकम/डब्लुटिओपी

तस्बिर : स्पोटसिलभेनिया शेरिफ कार्यालय

प्रतिक्रिया