बुधबार, मंसिर १७ २०७७
काठमाडौं २१:१५
वासिङटन डिसी 10:30

ट्रम्पले कोभिड-१९ राहत वार्तालाई चुनाव पछि सम्मलाई रोक्ने आदेश

इनेप्लिज २०७७ असोज २१ गते ०:२८ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार डेमोक्र्याटहरूसँग थप कोभिड-१९ राहतको लागि वार्ता अचानक बन्द गर्न आदेश दिएका छन् । उनले चुनाव पछि सम्मको लागी वार्ता रोकिएको जनाएका छन् ।

अर्थव्यवस्थाको बिग्रँदै गएको परिस्थितिबारे उनका आफ्नै संघीय रिजर्भ अध्यक्षबाट चेतावनीको बाबजुद राष्ट्रपतिले उक्त घोषणा गरेका हुन ।

ट्रम्पले तल्लो सदनका सभामुख न्यान्सी पेलोसीले राम्रो विश्वासका साथ वार्तालाप नगरेको आरोप भनेर सामाजिक संजालमा ट्वीट गरे । राष्ट्रपति ट्रम्पले भने कि उनले सिनेट बहुमतका नेता मिच म्याकोनेललाई अमेरिकी सर्वोच्च अदालतका उम्मेदवार एमी कोनी ब्यारेटको अनुमोदन गर्न चुनाव अघि आफ्नो सम्पूर्ण ध्यान निर्देशन दिन आग्रह गरे ।

ट्रम्पले ट्वीट गर्दै भने “मैले आफ्ना प्रतिनिधिहरूलाई चुनावपछि कुराकानी नगर्न निर्देशन दिएको छु । र जब म जित्छु, म कडा मेहनती अमेरिकीहरू र साना व्यवसायमा केन्द्रित रहेको एउटा प्रमुख राहत बिधेयक पारित गर्ने छौं।

यस्तो भन्दै गर्दा ट्रम्प ह्वाइट हाउसमा कोभिड-१९ लागेको कारण उनि संगरोधन (क्वारेनटाईन )मा छन् । उनले सामाजिक संजालमा त्यस्तो लेखे पछि पूर्व उपराष्ट्रपति जो बाईडेनले ट्रम्पको कदमको निन्दा गरे ।

ट्रम्पले वार्तालाप रोक्न आदेश दिएपछि धितोपत्र बजार कारोवारमा अचानक तल झरेको छ ।

श्रोत : एपी

 

प्रतिक्रिया