स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जहाँ छौं, त्यही दशैं मनाउन अपिल गरेको छ।कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण बढिरहेका बेला मन्त्रालयले दशैंका लागि यात्रा नगर्न आग्रह गरेको छ।
साथै जनस्वास्थ्यको मापदण्डमा कडाई गर्ने र जरिवाना गर्ने गरी नयाँ प्रस्ताव पठाइएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए ।
यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले कोरोना भाइरस (कोभिड-१९) विरुद्ध लडिरहेका छन्।कोरोना संक्रमण देखिएसँगै वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरमा उनको उपचार भइरहेको छ।कोरोनाको संक्रमितको उपचार गरिरहेका डाक्टरहरुले पनि अबको तीनदेखि पाँच दिन ट्रम्पका लागि सबैभन्दा महत्वपूर्ण हुने बताएका छन्।
कोरोनाको लक्षण देखिएको केही दिनपछि मानिसको प्रतिरोधी प्रणालीले कोरोनासँग सबैभन्दा महत्वपूर्ण लडाइँ लड्ने जानकारहरुको भनाइ छ । यो लडाइँ घातक पनि हुन सक्ने उनीहरु बताउँछन् । यो संगै आजका मुख्य समाचारहरु तलको भिडियोमा हेर्नुहोस
प्रतिक्रिया