महिला सांसदले उठाए बलात्कारीलाई मृत्युदण्ड वा लिङ्गछेदनको सजाय ! के सम्भव होला त ?

इनेप्लिज २०७७ असोज १३ गते ०:४४ मा प्रकाशित

संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाका ३२ जना महिला सांसद १६ वर्षमुनिका बालिका बलात्कार गर्नेलाई कडा सजायको पक्षमा उभिएका छन्।यसका लागि सार्वजनिक रुपमा दबाब सिर्जना गर्न उनीहरुले ‘टाक्सफोर्स’ नै गठन गरेका छन्।

सोमबार भएको महिला सांसदको भेलामा बलात्कारी लाई कस्तो सजाय दिन सकिन्छ भन्नेबारे गर्मा गर्मी बहस भयो।भेलामा उपस्थितहरुले बालिका बलात्कार गर्ने लाई मृत्युदण्ड देखि लिंगछेदनको प्रावधान हुनु पर्ने सम्मका माग राखे।धेरैको मत भने मृत्युदण्डको पक्षमा थियो।यही आवाजलाई बुलन्द गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै सांसद बिन्दा पाण्डेको नेतृत्वमा ‘टाक्सफोर्स’ गठन गरिएको हो।यो संगै आजका मुख्य समाचारहरु तलको भिडियोमा हेर्नुहोस

प्रतिक्रिया