शिशिरको यो उराठलाग्दो प्रभात
यो तुवॅालो,कुहिरो र हुस्सुसॅगै
कुनै अन्तर कुनाबाट उदाउॅछ एउटा सूर्य
र चाही नचाही
अस्ताउॅछ उसै गरी यो शोकमग्न देशमा
मानौ उदाउनु उसको अर्थ छैन
मानौ उदाउनु उसलाई इच्छा छैन
ऊ नचाहेरै उदाएको छ
ऊ खिन्न हॅुदै अस्ताएको छ
त्यो उदास क्षितिज पर
खेल्दै लुकामारी
तिनै वेदनाका बादलसॅग
बनेर तिनै चट्याङहरूको साक्षी
यो सूर्य
कति हेरोस् वेदनाको नृत्य
तिनै प्रकम्पित भावनाहरू
उच्चताको प्रदर्शन गर्ने
यी भावनात्मक आयतनहरू
कति पो बनोस् साक्षी
त्यो कर्कश ध्वनिको
सधै सुनाएको त्यो सङ्गीत
मानवताहीन ती ताण्डव नृत्य देखाएको
अभेद हटाइहटाइ भेद सिकाएको
अमृतको बदला विष पिलाएको
कहॅा पो छैन र ॲध्यारो
कहॅा पुग्छ र सबैतिर दृष्टि
हेर्दाहेर्दै
डुबे खै किन ती सपनाका डुङ्गाहरू
भत्केर बिलाए खै किन बालुवाका शहरहरू
हमला गरिरहे खै किन कुरूप विचारले
के व्यर्थ छ त सत्यता
के व्यर्थ नै छ त यो सूर्य
के व्यर्थ नै हो त यो सृष्टि
त्यसैले त ,मुस्कुराइरहेछ वेदनामा सूर्य
सूर्य भेट्न उडे केही बकुल्लाका बथानहरू
धर्म गर्न हिॅडे मन्दिरतिर मानिसहरू
भीडभाड छन् अहिले मन्दिरहरू
अमूर्त ईश्वरलाई बनाउन मूर्त
व्यस्त छन् आत्मकेन्द्री मानिसहरू
खै! किन व्यस्त छन् यी कल्पनाका जालहरू
अहिले चुपचाप छन् सर्जकहरू
जगाउन नसकी निराशामा आशा
लेख्न नसकी शोकमा कविता
वेदनामा डुबिरहेछ अझै सूर्य
हिॅड्दै ब्रह्रमाण्डमा टोलाएर
आफैसॅग सूर्य लोलाएर
बिकास थापा,पेन्सलभेनिया,अमेरिका
प्रतिक्रिया