नेपाल सुनचाँदी व्यवसायी संघको नयाँ कार्यसमिति चयन

वीरेन्द्र रावल २०७७ असोज १२ गते २२:०६ मा प्रकाशित

वीरेन्द्र रावल,

धनगढी,असोज १२÷नेपाल सुन चाँदी व्यवसायी संघ सुदूरपश्चिम प्रदेशको सोमबार सम्पन्न अविेवेशनले नयाँ कार्य समिति चयन गरेको छ।

सन्तोष लामिछानेको सभापतित्वमा ११ सदस्यीय प्रदेश समितिको चयन गरिएको नेपाल सुन चाँदी व्यवसायी संघले जनाएको छ।

निर्विरोध नयाँ कार्य समितिको उपसभापतिमा सुजित घिमिरे र सुनिल घिमिरे,सचिवमा रुपक सुनार सहसचिवमा सकुन्तला सोव,कोषाध्यक्षमा उमेश सुनार,सह–कोषाध्यक्षमा दिनेश बहादुर सोव र सदस्यमा राजकुमार लामिछाने,गणेश पौडेल रदिनेश सुनार रहेका छन्।

नयाँ निर्वाचित कार्य समितिले सुन चाँदी व्यवसायीहरुका हक,हितका मुद्धालाई लिएर अगाडी बढ्ने कुरा नयाँ निर्वाचित सभापति सन्तोष लामिछानेले बताएका छन्।

विगतका दिनहरुमा सुन चाँदी व्यवसायीहरुले भोग्दै आएका समस्याहरुको बारेमा अधिवेशनमा बिशेष समिक्षा गरिएको र आगामी दिनमा चाल्नु पर्ने कदम र रणनीयितको बारेमा संघले कार्य योजना बनाएर अघि बढ्ने कुरा सभापति लामिछानेले बताएका छन्।

अध्यक्ष : सन्तोष लामिछाने

 

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया