नेपाली कांग्रेस धरान वडा १ का पार्टी सभापतिको निधन

इनेप्लिज २०७७ असोज ११ गते १९:४२ मा प्रकाशित

धरान: नेपाली कांग्रेस वडा नं १ कार्यसमितिका सभापति ईश्वरी प्रसाद रेग्मीको निधन भएको छ ।

सभापति रेग्मीको ६५ बर्षको उमेरमा आज धरान १,आदर्श मार्ग स्थित निवासमा निधन भएको हो।रेग्मी लामो समयदेखि क्यान्सरसँग जुधिरहेका थिए।उनको जन्म २०१२ साल बैशाख ९ मा भएको थियो।कांग्रेस नेता एवं वीपी अध्ययन प्रतिष्ठान सुनसरीका अध्यक्ष विकास आचार्यका अनुसार रेग्मी कांग्रेसका अग्रज एवं पुराना कार्यकता मध्येका हुन् ।

वनारसमा हुँदा नै प्रतिबन्धित कालमा रेग्मी नेपाली कांग्रेसमा सक्रिय रुपमा लागेको नेता आचार्य बताउँछन्।उनी कांग्रेसमा लागेकै कारण उनको सरकारी जागिर समेत गुमेको थियो।‘उहाँ नेपाली कांग्रेसका पुराना तथा अगुवा कार्यकर्ता हुनुहुन्थ्यो,उहाँको निधनले पार्टी र समाजलाई क्षति पुर्याएको छ,आचार्यले भने।

मृतक रेग्मीको आजै चतरामा अन्त्येष्टी गरिने कांग्रेस धरान उपमहानगर कमिटिका उपसभापति महेन्द्र तामांगले जानकारी दिए।‘उहाँ मिलनसार, स्पष्ट वक्ता हुनुहुन्थ्यो।हक्की स्वभाव तर खुला हृदय भएको अग्रज हुनुहुन्थ्यो,’उपसभापति तामांगले भने, उहाँको निधनले हामी स्तब्ध भएका छौं।’

शाभार :क्लिक धरान.कम (https://clickdharan.com/news/2020/09/26/2698.html

प्रतिक्रिया