मंगलबार, कार्तिक ११ २०७७
काठमाडौं १८:५५
वासिङटन डिसी 09:10

टेक्ससको फोर्टवर्थमा एक किशोरीले ‘बाल्क लाइभ्स म्याटर’को मुखावरण लगाउदा जागिरबाट निष्कासित

इनेप्लिज २०७७ असोज ११ गते १:१८ मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यको फोर्टवर्थमा एक किशोरीले ‘बाल्क लाइभ्स म्याटर’को मास्क (मुखावरण)लगाउदा जागिरबाट निष्कासित भएकी छिन । फोर्टवर्थ टेक्सस राज्यकै पाचौ ठूलो शहर हो ।

माकिया कनजिएस नामक १९ बर्षिय किशोरीले बाल्क लाइभ्स म्याटर’को मास्क(मुखावरण)लगाउदा उनले जागिरबाट हात धुनु परेको उनको दावी छ । उनका सुपरभाइजर(निरीक्षक)ले त्यस्तो मुखावरण लगाउदा ग्राहकले उजुरी गरेकोले उनलाई हटाउन अनुरोध गरेका थिए ।

उनका वकिलका अनुसार उनले विभिन्न प्रवन्धकहरुका अगाडी उक्त मुखावरण लगाउदा उनले जागिर गुमाएकी बताएका छन् । फोर्टवर्थको व्हाटबर्गर नामक शिघ्र चमेनागृहमा उनि काम गर्थिन ।

आधिकारिक रुपमा उक्त संस्थाले कनजिएसले आफै छोडेको बताएका छन । उक्त संस्थाका अनुसार प्रतिष्ठानको साझा पोशाक सम्बन्धि असहमति भएको छापा बिज्ञप्तिमा उल्लेख गरेका छन ।

उनको राजिनामा स्विकार गरिएको र २ हप्ताको पैसा पनि भुक्तान गरिएको बताए ।

श्रोत :केडब्लुटिएक्स डटकम

प्रतिक्रिया