मंगलबार, कार्तिक ११ २०७७
काठमाडौं १७:४५
वासिङटन डिसी 08:00

शिकागोमा ५ बर्षिय बालिकालाई छुरा प्रहार गर्दा मृत्यु

इनेप्लिज २०७७ असोज ११ गते ०:४४ मा प्रकाशित

अमेरिकाको इलोनोइस राज्यको शिकागो शहरमा ५ बर्षिय बालिकालाई छुरा प्रहार गर्दा उनको मृत्यु भएको छ । शनिबार बिहान शिकागोको गारफिल्ड उद्यान स्थित एक घरमा उनि घाईते भएकी थिइन् ।

उनको पहिचान हुन् नसकेको प्रहरीले जनाएका छन् । छुरा प्रहार पछि अस्पताल लागिएको थियो । कसैले प्रहरीलाई खबर गरेका थिए भने पछि उनको निधन भएको थियो ।

यसै शिलशिलामा प्रहरीले २७ बर्षिय महिलालाई हिरासतमा लिएको शिकागो प्रहरीका प्रवक्ताले जानकारी दिएका छन । यधपी उक्त महिलाको पहिचान हुन् नसकेको सिएनएनले समाचार लेखेको छ ।

प्रवक्ताका अनुसार उक्त बालिका र महिलाको सम्बन्ध रहेको हुन् सक्ने बताए । जासुसहरुले यस बिषयमा अनुसन्धान गरि रहेको बताएका छन् ।

श्रोत :सिएनएन

प्रतिक्रिया