मंगलबार, कार्तिक ११ २०७७
काठमाडौं १७:४०
वासिङटन डिसी 07:55

मेरिल्याण्डको एक घरमा कार ठोकिएर आगलागी हुँदा चालकको मृत्यु,,घरभित्रका ४ जना बालबाल बचे

इनेप्लिज २०७७ असोज १० गते १९:३६ मा प्रकाशित

मेरिल्याण्डको एक घरमा सवारी साधन (कार) ठोकिदा चालकको मृत्यु भएको छ । मेरिल्याण्डको प्रिन्स जर्ज काउन्टीमा उक्त घटना भएको हो । प्रिन्स जर्ज काउन्टीको सिट प्लिजेन्ट भन्ने शहरमा शनिबार बिहान घटेको हो ।

कुदाई रहेको सवारी साधन घरमा ठोक्किदा घरमा आगलागी भएको थियो । प्रिन्स जर्ज काउन्टीका अग्नी नियन्त्रक प्रवक्ता अनुसार बिहान ७: १५ मिनेटमा घरमा आगलागी भएको खबर गरिएको जनाए ।

उक्त घटनास्थलमा त्यहा पुगे पछि अधिकारीका अनुसार सम्भवत उक्त व्यक्ति मेरिल्याण्डको ७०४ तर्फ गै रहेका थिए । उनले खम्बामा गाडीले हिर्काए पछि उक्त गाडी ले एडीसन सडक स्थित एक घरमा ठोकिएको थियो ।

घरमा ठोकिए पछि गाडीमा आगो लागेको थियो ।

उक्त समयमा घर भित्र ४ जना थिए भने उनीहरु त्यहाबाट भाग्न सफल भएका थिए । सबै चार जना नै वयस्क रहेका थिए । घरमा ठोकिएता पनि गाडीमा आगो लागेता पनि कसैलाई चोटपटक भने नलागेको अग्नि नियन्त्रकले बताए ।

उक्त व्यक्तिको पहिचान र मृत्युको कारण अहिले सम्म पत्ता लागेको छैन ।

श्रोत : फक्सन्युज५

 

प्रतिक्रिया