मंगलबार, कार्तिक ११ २०७७
काठमाडौं १९:०३
वासिङटन डिसी 09:18

भर्जिनियाका गभर्नरका राल्फ नर्थाम तथा उनकी पत्नि कोरोनाबाट संक्रमित

इनेप्लिज २०७७ असोज १० गते १८:४७ मा प्रकाशित

 

भर्जिनियाका गभर्नरका राल्फ नर्थाम तथा उनकी पत्नि कोरोनाबाट संक्रमित भएका छन् । दुवैले जाँच गराउदा दुवै संक्रमित देखिएका हुन् । भर्जिनिया स्वास्थ्य विभागको निरन्तर मार्गदर्शनमा गभर्नर र उनि पत्नी अर्को १० दिन सम्म रहने छन ।

गभर्नरलाई कुनै लक्षण छैन भने उनकी पत्नीलाई हल्का लक्षण देखिएको छ ।

गभर्नर निरन्तर सम्पर्कमा रहि रहेका छन् भने उनि निरन्तर सम्पर्कमा रही आफ्नो कर्तब्यमा रहने कार्यालयले गत शुक्रबार जनाएको छ । गभर्नर आवासीय कार्यालयका केही कर्मचारीहरुलाई समेत कोभिड-१९ को संक्रमण देखिएको र संक्रमित भएका छन् ।

गभर्नर र प्रथम महिलालाई कोरोनाबारे गत बुधबार सुचना दिइएको थियो भने बिहिबार दिउसो संक्रमित भएको जानकारी दिइएको थियो । गत शुक्रबार गभर्नरको कार्यकारी कार्यालय र प्याट्रिक हेनरी नामक भवनमा गहन सफाई गर्नको लागि बन्द गरिएको थियो ।

श्रोत :डब्लुटिओपि

प्रतिक्रिया