नव गायिका अश्मिता परियारको नयाँ गित “कुन सुरुवात”

इनेप्लिज २०७७ असोज १० गते १६:४० मा प्रकाशित

नेपाली सांगीतिक आकाशमा सम्भावना बोकेकी नव गायिका हुन अश्मिता परियार ।पछिल्लो समय नेपाली सांगीतिक आकाशमा थुप्रै गायक गायिकाहरुको आगमन भयो तर धेरै आए कमैले सफलता पाए।तर यहि भिडमा अर्की गायिकाको आगमन भएको छ गायिका अश्मिता परियारको।

आधा दशक भन्दा लामो समय संगीतमा लगाव राख्नुभएको अश्मिता ललित कला नेपाल एकेडेमीमा संगितको अध्यापन गरिरहनु भयको छ र उनले संगीता राणा प्रधान र लावणी चक्रवर्ती संग पनि शास्त्रीय संगीत सिकिरहनु भएको छ र यिनै नव गायिका अश्मिता परियारको नयाँ गीत सार्वजनिक भएको छ।र गीत हो “कुन सुरुवात”।गायिका अश्सांमिता परियारको “कुन सुरुवात “ बाट नेपाली सांगीतिक आकाशमा सांगीतिक यात्रा तय भएको छ।सांगीतिक करिएरमा आफ्नो पहिलो कोसिस लिएर आउनुभएको गायिका परियार गीत “कुन सुरुवात” ले रेकर्ड पश्चात सबै बाट राम्रो तारिफ पाएको थियो र यहि गीतलाई ट्रि ईन्टरटेनमेन्टको युट्ब च्यानलमा मार्फत शनिबार भिडियो सहितको गीत सार्वजनिक गरिएको छ।

शनिबार सार्वजनिक भएको गीतमा शब्द प्रतिमा श्रेष्ठको रहेको छ भने अनिल शाहीको संगित रहेको छ।संगीतकार अनिल शाही कै आफ्नै स्टुडियो ब्लु बेरी स्टुडियोमा रेकर्ड गरिएको थियो।गितको भिडियो लाई टैवा प्रोडक्सनका लागी शान थापाले र्निदेशन गरेका हुन।

https://www.youtube.com/watch?time_continue=2&v=FOq-rRYx_UE&feature=emb_logo

 

प्रतिक्रिया