मंगलबार, कार्तिक ११ २०७७
काठमाडौं १९:०४
वासिङटन डिसी 09:19

मेरिल्याण्डमा महामारीको नियमलाई उल्लघंन गर्दै भोजभतेर गर्ने कारागार चलान ,५ हजार डलर जरिवाना

इनेप्लिज २०७७ असोज १० गते ११:५० मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यमा कोरोना महामारीको नियमलाई उल्लघंन गर्दै भोजभतेर गर्ने एक व्यक्तिलाई कारागार चलान गरिएको छ । साथै ५ हजार डलर जरिवाना लगाइएको छ र उक्त रकम उनले तिर्ने पर्ने भएको छ ।

गत शुक्रबार उक्त व्यक्तिलाई कारावासमा लगिएको मेरिल्याण्ड राज्यको चार्ल्स काउन्टीका अधिवक्ताको कार्यालयले जनाएको छ ।

४२ बर्षिय शन मार्शल मायर्स नामका उक्त व्यक्तिलाई दुई वटा आरोप लगाईएको छ । उनले मेरिल्याण्ड राज्यमा गभर्नर ल्यारी होगनले लगाएको कार्यकारी आदेश तथा बृहत भोजको आयोजनालाई सीमित गर्न नसकेकोमा उनलाई कारागारको सजाय भएको हो ।

उनले आफ्नो घरमा भोजको आयोजना गरेका थिए भने जिल्ला अदालतका न्यायधिशले उनलाई चार्ल्स काउन्टी कारागारमा एक वर्ष जेल सजाय सुनाईएको छ । उनले तीन वर्ष सम्म लागि बिना निरीक्षण परीक्षण अवधि सम्म रहनु पर्ने छ भने गत मार्च महिनाको अन्तमा उक्त घटना भएको थियो । मेरिल्याण्ड राज्यको हग्सभिलको घरमा उनले आयोजना गरे पछि प्रहरीहरुलाई उजुरी गरेका थिए ।

प्रहरीहरु त्यहाँ पुगे पछि मायर्स ठूलो बहस गरेता पनि अन्त्यमा भोज बन्द गरेका थिए । मार्च २२ मा भोज गरे पछि पुन :मार्च २७ मा भोजको आयोजना गरेका थिए । उक्त भोजमा ५० जना भन्दा ज्यादा सहभागी रहेका थिए । उनले होगनको आदेश बिरुद्ध अवज्ञा गर्न आएका पाहुनालाई निर्देशन दिंदा उनलाई पक्राउ गरिएको थियो ।

श्रोत :डब्लुटिओपी

प्रतिक्रिया