मंगलबार, कार्तिक ११ २०७७
काठमाडौं १९:०२
वासिङटन डिसी 09:17

अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५५ हजार,९ सय ५२ जनाको मृत्यु

इनेप्लिज २०७७ असोज १० गते ११:०१ मा प्रकाशित

अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५५ हजार ५४ पुगेको छ । कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ९ सय ५२ पुगेको जोन्स हप्किन्स बिश्वबिद्यालयले जनाएको छ ।

उक्त तथ्यांक गत सेप्टेम्बर २५ शुक्रबारका दिन २४ घण्टामा लिइएको हो । अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पुन:वृद्धि हुन् थालेको छ ।

गत सेप्टेम्बर २५ का दिन संक्रमित हुनेको संख्या ४४ हजार १ सय १० जना पुगेको थियो भने कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ९ सय १४ पुगेको जोन्स हप्किन्स बिश्वबिद्यालयले जनाएको थियो ।

बिहिबार भन्दा शुक्रबार संक्रमित र मृत्यु संख्या बढेको छ ।

अमेरिकामा हाल सम्म २ लाख ७ हजारको ५ सयको मृत्यु भएको भने ७१ लाख ६९ हजार संक्रमित भएका छन् । अहिले सम्म २९ लाख २८ जना निको भै सकेका छन् ।

श्रोत :जोन्स हप्किन्स बिश्व बिद्यालय/सिएनएन

प्रतिक्रिया